सल्यान। सल्यानमा डबल क्याब बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय चालक विजय विश्वकर्मा रहेको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो जिप कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना हुँदा चालक घटनास्थलमै मृत्यु भएको हो । बुधबार बिहान करिब पौने ५ बजे बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी कपुरकोट, गाउँ प्रहरी तथा जनप्रतिनिधि उद्धार कार्यमा खटिएका छन् ।
दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी कपुरकोट गाउँपालिकाको आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर पठाइएको उपाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । घाइतेको पहिचान खुलेको छैन । दुर्घटना परेर गाडी करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा घाइते एक जनाले दुर्घटना भएको जानकारी गराएपछि थाहा भएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ६ गते, २०८३ - १३:०१
सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्याउने योजना कार्यान्वयन ...
बैशाख ६ गते, २०८३ - १२:५१
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...
बैशाख ६ गते, २०८३ - १२:३८
बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...
बैशाख ६ गते, २०८३ - १२:२६
काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...
बैशाख ६ गते, २०८३ - १२:१७
काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...
बैशाख ६ गते, २०८३ - १२:०७
काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माट...
बैशाख ६ गते, २०८३ - ११:५८
बर्दिया। बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान गुलरिया नगरपालिका वडा नं ७ डिभिजन वन कार्यालय नजिक कोहलपुर देखि राज...
बैशाख ६ गते, २०८३ - ११:५१
नेपालगन्ज। बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनाम...
बैशाख ६ गते, २०८३ - १०:५१
पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...
बैशाख ६ गते, २०८३ - १०:३७
विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...


प्रतिकृया लेख्नुहोस्: