Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै

खबरडबली संवाददाता

काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

रुवान्डामा जारी प्रतिथयोगितामा नेपाल शनिबार राति भएको आफ्नो पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको थियो । नेपाल र इटालीबिचको खेल आज साँझ ४:४५ बजे सुरु हुनेछ । नेपाली महिला टोलीले इटालीसँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । 

यसअघि अमेरिकासँगको खेलमा नेपालले खराव ब्याटिङका कारण हार खेपेको थियो । जितको लागि एक सय २४ रनको लक्ष्य पछाएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।

नेपालका लागि ओपनर विन्दु रावलले २७ रन बनाइन् । यस्तै कविता जोशीले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अ ङ्कमा रन बनाउन सकेनन् । बलिङमा अमेरिकाकी माहि मान्धवन र तरानम चोप्राले दुई दुई विकेट लिइन्। 

यसअघि पहिलो ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय २३ रन बानाएको थियो । अमेरिकाका लागि पूजा गणेशले सर्वाधिक ४७ रन बनाइन्।

यस्तै गार्गी भोग्लेले ३४ र चेतना पागािड्यालाले ३० रन जोडिन्। बलिङमा नेपालका लागि मनिषा उपाध्यायले दुई तथा कविता कुँवर र रिया शर्माले एक एक विकेट लिइन् । 

नेपालले तेस्रो खेल ९ गते रुवान्डासँग,  ११ गते भानुआटु, १३ गते अमेरिकासँग, १५ गते रुवान्डा, १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष टोली च्याम्पियन बन्ने छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रे बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न ६ सदस्यीय समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...

जेसिवीले बालुवा खन्याउँदा पुरिएर देउखुरीमा एक जनाको मृत्यु

घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना‌ मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

हिले। धनकुटाको महालक्ष्मी नगरपालिकामा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय राम...

विपी राजमार्ग बस दुर्घटना: मृतक सबैको पहिचान खुल्यो

बनेपा। विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण कायम गर्ने योजना अघि सारेको छ । ‘नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना (नेपाल क्लिन एयर एण्ड प्...

कार्यालयबाट हाँस्दै घर फर्कन्छन् सेवाग्राही

विराटनगर। मोरङ विराटनगर–१८, फँडानी निवासी गदी ऋषिदेवको उमेर ५० पुगे पनि नागरिकता पाएको थिएनन् । नागरिकता लिन उनी जिल्ला प्रशासन कार्यालय पुगे। सबै काग...

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुर बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय...

मन्त्री लम्सालद्वारा फाप्ला क्रिकेट मैदानको निरीक्षण

धनगढी। कैलालीको धनगढीमा निर्माणाधीन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोट्र्स भिलेज परियोजनाको नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनिल ल...

अभौतिक सांस्कृतिक सम्पदा विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending