Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

नेकपा अध्यक्ष प्रचण्ड म्याग्दी आउँदै

खबरडबली संवाददाता

म्याग्दी। आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई लक्षित गर्दै पार्टी नेतृत्व तथा अगुवा कार्यकर्तालाई प्रशिक्षण तथा निर्देशनका लागि बुधबार नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी आउँदै छन्।

नेकपा म्याग्दीका निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य रेशमबहादुर जुगजालीका अनुसार, केन्द्रीय अध्यक्ष प्रचण्ड चुनावी विशेष प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न म्याग्दी आउन लागेको हो।

बुधबार बिहान कुश्मामा कार्यक्रम सकेर बेनी आउँदै प्रचण्ड बागलुङको गलकोट तर्फ लाग्ने कार्यक्रम रहेको जुगजालीले बताए। आम निर्वाचन लक्षित विशेष प्रशिक्षणका लागि बेनीमा उम्मेदवार, जिल्ला समिति तथा अन्य अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ। म्याग्दीमा प्रचण्ड एकदेखि दुई घण्टासम्म उपस्थित रहनेछन्। कार्यक्रम बेनीस्थित नेपाल भाषा मंका खलको सभाहलमा तय गरिएको छ।

म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा नेकपाबाट अर्जुन थापा, कांग्रेसबाट कर्णबहादुर भण्डारी, एमालेबाट हरिकृष्ण श्रेष्ठ, राप्रपाबाट डम्भरबहादुर सुबेदी, नेकपा ९माओवादी० बाट क्षेत्रबहादुर घिमिरे उम्मेदवार रहेको छन्। त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देबेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट बिनोद राना, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा, स्वतन्त्र उम्मेदवार महावीर पुन रहेको छन् ।

म्याग्दीमा छ वटा स्थानीय तह रहेका छन्। यहाँ ४४,६४४ महिला, ४२,३३२ पुरुष र १ जना अन्य मतदाता रहेका छन्। कुल ८२ मतदानस्थलमा १२० मतदान केन्द्र कायम गरिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पुर्‍याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पुर्‍याउने योजना कार्यान्वयन ...

ठमेलबाट पक्राउ परेका युगान्डाका महिलाहरू डिपोर्ट

काठमाडौँ  । काठमाडौँ महानगरपालिका–२६ स्थित फायरचोक र ठमेल क्षेत्रबाट पक्राउ परेका युगान्डाका २० जना महिलालाई नेपालबाट निष्कासन (डिपोर्ट) गरिएको छ। ...

बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

बैतडी। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००...

पहिलो खेलमा अमेरिकासँग हारेको नेपाल आज इटालीसँग खेल्दै

काठमाडौँ । आइसिसी वुमन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेल आज (आइतबार) इटालीसँग प्रतिस्पर्धा गर्दैछ । रुवान्ड...

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राल...

पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेरिँदै

काठमाडौँ। विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरीको ‘कलेवर’ फेर्ने काम धमाधम भइरहेको छ । त्यस क्रममा जयवागेश्वरी, गणेश र भैरवको माट...

बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु, दुई घाइते

बर्दिया। बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान गुलरिया नगरपालिका वडा नं ७ डिभिजन वन कार्यालय नजिक कोहलपुर देखि राज...

बाँकेमा एक महिनामा ३६ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु, ४४ घाइते

नेपालगन्ज। बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनाम...

पर्वतकी १४ वर्षीया किशोरी ८ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका-२ देउपुरकी १४ वर्षीया किशोरी रितिका जैसी विगत आठ दिनदेखि बेपत्ता भएकी छन् । गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरि...

बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा

विराटनगर। कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending