Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

एमाले–नेकपाबीच सहकार्यको सघन छलफल, ओलीलाई भेट्न पुगे प्रचण्ड

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओलीलाई भेट्न प्रचण्ड बिहीबार साँझ सवा ५ बजेतिर अस्पताल पुगेका थिए । उनी करिब ३० मिनेट बसेको बताइएको छ ।

एमाले सचिव पद्मा आर्यालले दाहाल स्वास्थ्यलाभको कामना गर्न आएको बताइन् । “उहाँ स्वास्थ्य अवस्थाबारे बुझ्न र शीघ्र स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो, अन्य विषयबारे म पनि बुझ्दैछु,” उनले भनिन् ।

एमाले र नेकपाबीच सहकार्यको चर्चा चलिरहेका बेला प्रचण्ड–ओली भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ । स्रोतका अनुसार यसअघि एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेताहरूसँग सहकार्यको सम्भावनाबारे छलफल गरेका थिए ।

सो छलफलमा नेकपा सहसंयोजक माधवकुमार नेपाल,झट्टट्टलनाथ खनाल र बामदेव गाैतमलगायतका नेताहरु सहभागी रहेको बताइएको छ । करिब चार घण्टा चलेको उक्त छलफलपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको स्रोतको दाबी छ ।

यसैबीच शुक्रबार पनि एमालेका एक पदाधिकारीले प्रचण्डसँग भेट गरी दुवै दलबीच सम्भावित सहकार्यका विषयमा कुराकानी गरेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माडी नदीमा डुबेर सडक मजदुरको मृत्यु

प्यूठान । माडी नदीमा डुबेर एक सडक मजदुरको ज्यान गएको छ । नौबहिनी गाउँपालिका-१ स्याउलिवाङका ३५ वर्षीय फरम मल्लको ज्यान गएको हो । नुहाउन खोलामा गएका ...

२५ दिनमै अनुसन्धान सक्न गाह्रो: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुदन गरूङले ज्यानसम्बन्धी कसुरमा पक्राउपछि अनुसन्धानका लागि दिइने २५ दिनको कानुनी समयसीमा अपुग हुने बताएका छन्। गृह मन्त्रालयमा ...

एमाले–नेकपाबीच सहकार्यको सघन छलफल, ओलीलाई भेट्न पुगे प्रचण्ड

काठमाडौं । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेसनपछि त्रिवी शिक्षण अस्पतालमा उपचाररत ओल...

धनकुटामा भ्यू टावरदेखि पार्कसम्म, पर्यटकको खडेरी

धनकुटा । पछिल्ला वर्षहरूमा धनकुटामा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हु...

काठमाडौंबाट कपिलवस्तु पुगेर सुन ठगी, दुई पाकिस्तानी महिला पक्राउ

काठमाडौं । सुन ठगीको आरोपमा दुई पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीया बीबी काल्सुम र ४१ वर्षीया साभ्ना रहेका छन् ...

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो, आमाप्रति श्रद्धा प्रकट

काठमाडौं । आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । आज काठमाडौंको मातातीर्थमा ...

तिंकर सडक कुर्दै व्यासको बेचैनी

धनगढी । देशको नक्सामा रेखा कोर्न सजिलो छ, तर भूगोल जोगाउन बाटो चाहिन्छ । बाटो नभए सीमाना कागजमै रहन्छ, बस्ती बिस्तारै पराइ बन्छ । व्यासको कथा यही हो। ...

आज मातातीर्थ औँसी, श्रद्धा भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा-मीठा खानेकुरा खान ...

जनकपुर रिफाइनरीमा आगलागी, १५ करोड बराबरको क्षति

धनुषा । मिथिला नगरपालिका-७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति भएको रिफाइनरीका प्रबन्धक सञ्जय...

१८ वर्षअघि बेपत्ता भएका छोरा फेसबुक भिडियोमा भेटिए

कञ्चनपुर । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको पर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending