Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं: प्रचण्ड

खबरडबली संवाददाता

 रुकुम पूर्व ।  नेकपाका  संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध दिवसका अवसरमा अबको संघर्ष आर्थिक आत्मनिर्भरता, उत्पादन वृद्धि र समृद्धितर्फ केन्द्रित हुने बताएका छन्। रुकुम पूर्व मा आयोजित जनभेटघाट तथा शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै उनले विगतमा व्यवस्था परिवर्तनका लागि बन्दुक बोकेको स्मरण गर्दै अब अवस्था परिवर्तनका लागि समृद्धिको झण्डा बोक्ने बताए।

उनले भने, “युद्ध जारी छ, तर अब यो युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुनेछ। उत्पादन वृद्धि गरेर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने, भ्रष्टाचारविरुद्ध उभिने र पारदर्शिता स्थापित गर्ने हाम्रो लक्ष्य हो।”

प्रचण्डले जिल्लाका ३१ वटै वडामा बाह्रै महिना यातायात सञ्चालन हुने गरी पक्की सडक सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाए। शिक्षा क्षेत्र सुधारका लागि ‘हब स्कुल’ अवधारणा अघि सार्दै आवासीय सुविधा र दक्ष शिक्षकसहितका गुणस्तरीय विद्यालय स्थापना गरिने बताए।

उनले रुकुमको फलाम खानी उत्खनन, जडीबुटी प्रशोधन केन्द्र स्थापना तथा स्थानीय उत्पादनको व्यावसायिक प्रवर्द्धनका योजना सार्वजनिक गरे। मगर समुदायको पहिचान र स्वायत्तताको सवालमा संविधानको भावना अनुरूप मगर क्लष्टरलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गरिने पनि उनले बताए।

जनयुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलहरूलाई सङ्ग्रहालय र पर्यटकीय गन्तव्यका रूपमा विकास गरी विश्वभरिका अध्येता र पर्यटक आकर्षित गरिने उनको भनाइ थियो।

त्यसैगरी, लुम्बिनी प्रदेश सरकारले घोषणा गरेको अर्गानिक जिल्लासम्बन्धी नीति–कानुन निर्माण, प्रमाणीकरण र बजार सुनिश्चिततामार्फत स्थानीय उत्पादनलाई प्रिमियम ब्राण्डका रूपमा बजारसम्म पुर्‍याइने उनले उल्लेख गरे। टिमुर, स्याउ, सुन्तला, कागती लगायतका फलफूल तथा अर्गानिक तरकारीको ब्राण्डिङ र बजारीकरणमा जोड दिइने पनि उनले बताए।

उनले यो चुनाव जनयुद्धका उपलब्धिको रक्षा गर्ने र इतिहासको रथ उल्ट्याउन खोज्ने शक्तिबीचको रोजाइ हुने दाबी गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: