तनहुँ । व्यास नगरपालिका–१० की समिना बोटे उमेरले दुईपटक मतदान गर्न योग्य भइसकिन्। तर उनले न मतदाता परिचयपत्र बनाएकी छन्, न त बनाउने जाँगर नै देखाएकी छन्। घरमा आमाबुबाले वर्षौँदेखि मतदान गरेको देखेकी उनलाई भने भोट हालेर जीवनमा केही बदलिन्छ भन्ने विश्वास हराउँदै गएको छ।
उनको प्रश्न सिधा छ “आमाबाउले यत्रो वर्ष भोट हाल्नुभयो। न धारामा पानी आयो, न भरपर्दो रोजगारी। अब मैले किन भोट हाल्नु?” समिनाजस्तै धेरै युवालाई मतदाता बनाउने, मत हाल्न प्रेरित गर्ने प्रयास गाउँमा खासै देखिँदैन। बेरोजगारीले थिचिएका युवा कोही विदेशिएका छन्, कोही डाँडा कटेर कालिगण्डकीतिर बालुवा चाल्न पुग्छन्।
समिनाकै छिमेकी हरिबहादुर थापा चार दशकअघि बागलुङबाट बसाइँ सरेर यता आएका हुन्। जान्ने–बुझ्ने भएदेखि हरेक चुनावमा मतदान गर्दै आएका उनले वर्षौँदेखि एउटै आश्वासन सुन्दै आएका छन् । घरघरै धारा, रोजगारी र विकास। तर उनको यथार्थ फरक छ। पाँच वटा भैंसी पालिरहेका थापाले मादी नदीबाट आफ्नै खर्चमा मोटर जडान गरेर पानी तानेका छन्। उनी भन्छन्, “नेताले भनेको आधामात्र पूरा गरेको भए पनि हामी आज अर्कै अवस्थामा हुन्थ्यौँ। भोट हालेर नै अघाइसक्यौँ।”
तनहुँका धेरै ग्रामीण बस्तीमा खानेपानीको समस्या चरम छ। घरमुनि नदी बग्छ, तर पानी धारा भएर घरसम्म आउँदैन। यही कारण मतदातामा चुनावप्रति उत्साहभन्दा निराशा बढी देखिन्छ। व्यास–८ की गोमा मिश्रको आक्रोश पनि उस्तै छ। “चुनावअघि सपना बोकेर आउने उम्मेदवार जितेपछि पाँच वर्ष देखिँदैनन्। नेतालाई भेट्न चुनाव नै कुर्नुपर्छ,” उनी भन्छिन्। व्यास–८ नै रामचन्द्र पौडेल को पुर्ख्यौली थलो हो। तर स्थानीय भन्छन्, “राष्ट्रपतिको गाउँको बाटो यस्तो छ भने अरूको कस्तो होला?”
रिस्ति जोड्ने सडक स्तरोन्नतिको काम सुरु भए पनि विकासको गति जनताको अपेक्षासँग तालमेल खान सकेको छैन। परम्परागत दललाई मत दिँदै आएकी मनकुमारी ठकुरी यसपटक भने मन फेर्ने सोचमा छिन्। “पुरानालाई दिने बानी परेको छ, तर यसपालि नयाँलाई भोट हालुँ कि जस्तो लागेको छ,” उनी भन्छिन्।
स्थानीय मुद्दासँगै राष्ट्रिय घटनाक्रमले पनि तनहुँका मतदातालाई छोएको छ। भदौ २३ गतेको जेनजी आन्दोलनमा गोली चलेको र त्यसको भोलिपल्ट देशका महत्त्वपूर्ण सम्पदामा आगजनी भएको घटनाले मतदाताको मनोविज्ञानमा असर पारेको उनीहरू बताउँछन्। कसैले दमनको रिस मतपत्रबाट पोख्ने सोच बनाएका छन्, कसैले अराजकताविरुद्ध मतदान गर्ने तयारी।
तनहुँ क्षेत्र नम्बर १ मा अहिले पनि खानेपानी नै प्रमुख एजेन्डा बनेको छ। उम्मेदवारहरू पनि त्यही वाचा दोहोर्याइरहेका छन्। तर स्थानीयको एउटै माग छ । सेती र मादी नदीको बीचमा बसेर अझै कति दिन काकाकुल जीवन जिउने? कम्तीमा खानेपानी त ल्याइदिनुस्।
बसाइँसराइले गाउँ रित्तिँदै जाँदा बाँदर आतंक बढेको छ। बाली जोगाउने उपाय र गाउँमै रोजगारी सिर्जना गर्ने माग स्थानीयले उम्मेदवारसँग राखिरहेका छन्। चुनाव नजिकिँदै जाँदा तनहुँमा आश्वासनको भीड बढेको छ, तर मतदाताको मनमा भरोसाको खडेरी अझै उस्तै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: