काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं। १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म सबैले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन्।
यस क्षेत्रमा राजनीतिक दलबाट १६ र स्वतन्त्र १३ गरी जम्मा २९ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २५ पुरुष र चार महिला उम्मेदवार रहेका छन्।
नेकपा ९एमाले० का मोहनराज रेग्मीले पार्टीको सशक्त संगठन र जनलहरका आधारमा आफू विजयी हुने विश्वास व्यक्त गरे। संविधान र वर्तमान व्यवस्थाको रक्षा गर्न पनि एमालेको जित आवश्यक रहेको उनको भनाइ छ।
नेपाली कांग्रेसका प्रबल थापाले काठमाडौँ–१ मा कांग्रेसको ऐतिहासिक प्रभाव र संगठनात्मक मजबुतीका कारण जितको निरन्तरता कायम रहने दाबी गरे। सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको एजेण्डा लिएर आफू अघि बढेको उनले बताए।
नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी ९कृतु० ले आफू “नेता होइन, सेवक” बन्न चुनावी मैदानमा आएको बताउँदै सुशासन र नागरिकका प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकता दिएको जानकारी दिए। वामपन्थी शक्तिको एकीकरण आफ्नो जितको आधार रहेको उनको दाबी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएको स्मरण गर्दै यसपटक फरक–फरक पार्टीका मतदाताको समेत समर्थन प्राप्त भएको उल्लेख गरे । दीर्घकालीन राष्ट्रिय हित र प्रभावकारी कानुन निर्माण आफ्नो मुख्य एजेण्डा भएको उनको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने दर्शना ले आफू अनुभवी र योग्य उम्मेदवार भएको दाबी गर्दै सुशासन, फोहोर व्यवस्थापन, सुकुम्बासी समस्या र खोला–नाला अतिक्रमण समाधानलाई प्राथमिकतामा राखेको बताइन।
यसैगरी, स्वतन्त्रतर्फ कमल कोइराला, राजु भुजेल, शम्भु पोखरेल, सुरेन्द्रप्रसाद ढकाल, सागर जोशी, असिम मान सिंह बस्न्यात, किरण शाह, कुमार शाही, राजकुमार बजगाई, शान्ति श्रेष्ठ, कुशल खत्री, संगित बम्म र रमेशप्रसाद जोशी उम्मेदवार रहेका छन्।
काठमाडौँ–१ मा यसपटक बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सबै उम्मेदवारले आ–आफ्नो एजेण्डा र संगठनात्मक बललाई जितको आधार मानेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: