Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

बागलुङमा विद्यालय भ्यान दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

खबरडबली संवाददाता

बागलुङ। विद्यालयको भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहीबार बागलुङ नगरपालिका वडा ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भई पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका –३ बस्ने १३ वर्षिय सुजल छन्त्यालको शुक्रबार निधन भएको हो । यसअघि बागलुङ नगरपालिका वडा ३ तातोपानीका १५ वर्षिय अमन बोहराको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेका अनुसार एक जनाको गण्डकी अस्पताल, आठ जनाको  मणिपाल शिक्षण अस्पताल र दुई जनाको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते संगम किसानको शरीरको विभिन्न भागमा चोट लागेको छ ।   

बागलुङ नगरपालिका –३ का ८ वर्षिय नीगित किसान, ८ वर्षिय सोलुमन किसान, ५ वर्षिय आयन बोहोरा, १२ वर्षिय आयुष बोहरा, ९ वर्षिय सुमित गैरे, १० वर्षिय अनमिया किसान, ९ वर्षिय उमंग किसान, १३ की समिक्षा गैरेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

बागलुङ नगरपालिका वडा १ रामरेखाकी २५ वर्षिया सारिका बोहोरा र सोही स्थानकी १२ वर्षिया अलिस्ना किसानको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । 

यस्तै, दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले छानविन समिति गठन गरेको हो । बागलुङ नगरपालिका –१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीको विद्यालय भ्यान बिहीबार साँझ बागलुङ नगरपालिका –३ हाडेपाखामा दुर्घटना भएको थियो । 

सर्वपक्षीय बैठकले जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख विश्वबन्धु अर्याल संयोजक रहेको समिति गठन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  समितिका सदस्यहरुमा यातायात व्यवस्था कार्यालयका मेकानिकल ईञ्जिनियर सुरेश जैशवाल, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि दलबहादुर थापा, पीडित अभिभावकका तर्फबाट  प्रिया किसान र कुशल बोहोरा, वरिष्ठ नायब निरीक्षक मिनबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिमबहादुर विक रहनुभएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार मानिसको मृत्यु

काठमाडौँ। वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढ...

काठमाडौंमा एलपी ग्यास अभावबारे सरकारसँग १५ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालत ले काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सरकारसँग स्पष्टीकरण माग गरेको ...

५३ वर्षीय गोविन्द जो सात निर्वाचनमा म्यादी प्रहरी बने

कालीकोट। नेपालमा विभिन्न समयमा सम्पन्न भएका सात वटा निर्वाचनमा म्यादी प्रहरीका रूपमा सेवा गरी घर फर्किएका कालीकोटका एक स्थानीय बासिन्दालाई गाउँमा भव्य...

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै काठमाडौँमा ...

धमाधम चुनावी खर्च सार्वजनिक गर्दै उम्मेदवार: बालेनको १४ र रविको नौ लाख, अरु नेता कसको कति ?

काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारहरूले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाउने क्रम बढेको छ । निर्वाचनमा पारदर्शिता का...

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: