Khabar Dabali ३ बैशाख २०८३ बिहीबार | 16th April, 2026 Thu

२०८३ सालमा विवाहका ४१ लगन : कुन महिनामा कहिले ?

खबरडबली संवाददाता

काठमाडौं । विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुले विवाह गर्न सक्छन् ।

धार्मिक ग्रन्थहरूमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ । मनुस्मृति लगायतका शास्त्रमा विवाहलाई भाग्य र समयअनुसार सम्पन्न हुने संस्कार मानिएको छ । विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाहका संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत (लगन) मा विवाह गर्ने चलन छ।

ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन लगन रहेको बताइएको छ।

वैशाख (८ दिन)  ७ गते दिउँसो, ८ गते दिउँसो र राति, २२ गते राति,२३ गते दिउँसो.  २४ गते  राति,  २५ गते दिउँसो, ३० गते राति, ३१ गते दिउँसो

असार (७ दिन)  ९ गते दिउँसो,  १३ गते दिउँसो, १४ गते राति, १५ गते राति, १७ गते  दिउँसो, १८ गते दिउँसो, २३ गते दिउँसो

मंसिर (८ दिन) ९ गते  दिउँसो र राति, १० गते  दिउँसो र राति, १६ गते राति, १७ गते  दिउँसो,  १९ गते  राति, २४ गते  राति, २५ गते— राति, २६ गते  दिउँसो

माघ (६ दिन)  ४ गते  राति,  १२ गते  राति,  १५ गते  दिउँसो र राति, १९ गते  दिउँसो र राति, २० गते  दिउँसो र राति,  २७ गते दिउँसो र राति

फाल्गुन (१२ दिन  सबैभन्दा धेरै)  ३ गते दिउँसो र राति, ४ गते दिउँसो, ११ गते  दिउँसो, १२ गते  दिउँसो, १५ गते  राति,१६ गते दिउँसो, १७ गते  राति,  १८ गते  दिउँसो, २० गते  दिउँसो र राति, २५ गते  राति,  २६ गते दिउँसो, ३० गते  राति

शास्त्रअनुसार विवाहअघि बर–बधुको चिना मिलाएर दोष नभएको सुनिश्चित गरिन्छ। वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नु उपयुक्त मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार २०८३ आषाढ ३२ गते बृहस्पति ग्रह अस्त भएर साउन २४ गते उदय हुने र असोज २८ गते शुक्र ग्रह अस्त भएर कार्तिक ११ गते उदय हुने भए पनि ती अवधिमा विवाहको लगन नपर्ने भएकाले यसको असर नपर्ने जनाइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँधबिनै बिजुली: कर्णालीमा ‘हाइड्रोकाइनेटिक’ प्रविधिको ऐतिहासिक परीक्षण

काठमाडौँ । नेपालमा जलविद्युत उत्पादन भन्नासाथ ठूला बाँध, सुरुङ र उचाइबाट पानी खसाल्ने परम्परागत मोडेल सम्झिन्छौँ। तर, अब यो धारणा बदलिने संकेत देखिएको...

जेनजी आन्दोलनमा भागेका कैदीबन्दी पक्राउ

पोखरा । हाडनाता जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएर फरार रहेका एक अभियुक्तलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । रौतहटको डुमरिया गाउँप...

गैरकानुनी अभ्यास गर्ने अध्यागमनका कर्मचारीलाई कारबाही गरिने

काठमाडौं ।   अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभाग...

सरकारी अस्पतालमा दुई दिन ओपीडी बन्द: सेवाग्रही मारमा

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सक्रिय १४ वटा संयुक्त पेसागत संगठनको दबाबपछि सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा साताको दुई दिन सार्वजनिक बिद...

मूल्यवृद्धिविरुद्ध अर्धनग्न प्रदर्शन, कोहलपुर चौराहामा एक्लै उभिए अभियन्ता

बाँके । समाजमा व्याप्त अन्याय, विकृति र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भूमबहादुर भण्डारीले पेट्रोलियम पदार्थ तथा दैनिक उ...

विमानस्थल र प्रादेशिक अस्पताल पहिलो प्राथमिकता : सांसद पोखरेल

काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद विश्वराज पोखरेलले खिजिदेम्बा विमानस्थल र मानेभञ्ज्याङ गाउँपालिकास्थित प्रादेशिक अस्पताल निर्माणल...

एआई तस्वीरले निम्त्यायो विवाद : ट्रम्पविरुद्ध क्रिस्चियन समाज आक्रोशित

काठमाडाैं । अमेरिकी पूर्वराष्ट्रपति डाेनाल्ट ट्रम्पले आइतबार आफ्नै सामाजिक सञ्जाल  ट्रूथमामा पोस्ट गरेको एआई–निर्मित एक तस्वीरले तीव्र विवाद निम्त्याए...

मालवस्तु ढुवानीमा स्थानीय तहले कर लगाउन नपाउने निर्णय

काठमाडौं । अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको भू–भाग हुँदै ढुवानी गर्दा कुनै पनि प्रकारको कर वा शुल्क लगाउन नपाइने स्पष्ट गरिएको...

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर

काठमाडाैं ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विषयगत समितिमा रहने सदस्यको नामावली हेरफेर गरेका छन् । सभामुखले सङ्घीय संसद्को संयुक्त बैठक र सं...

दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  बिहीबार सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending