Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

रोल्पामा विप्लवको कडा टिप्पणी: जेनजी विद्रोह जनयुद्धकै असफलताको परिणाम हाे

खबरडबली संवाददाता

रोल्पा । नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धको राजनीतिक उपलब्धि जनजीवनमा रुपान्तरण हुन नसक्दा नयाँ पुस्तामा असन्तोष चुलिएको दाबी गरेका छन्। उनका अनुसार राज्यसत्ता परिवर्तन भए पनि आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रका आधारभूत संरचनामा ठोस सुधार हुन नसक्दा ‘जेनजी विद्रोह’ जन्मिएको हो।

सदरमुकाम लिबाङमा आयोजित पत्रकार, बुद्धिजीवी र व्यवसायीसँगको अन्तरक्रियामा उनले भने, “जनयुद्धले माथिल्लो संरचना हल्लायो, तर जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सकेन। यही असफलताले नयाँ पुस्तामा निराशा र विद्रोहको भावना बढाएको छ।”

‘भ्रष्टाचार अर्को कालो कालखण्ड’

विप्लवले जनयुद्धपछि जन्मिएको अर्को ‘कालो कालखण्ड’ भ्रष्टाचार भएको आरोप लगाए। राज्य संयन्त्र, राजनीतिक दल र व्यवसायिक क्षेत्रमा भ्रष्टाचार संस्थागत बन्दै गएको उनको टिप्पणी थियो। तत्कालीन माओवादी नेतृत्वले जनयुद्धको नीति सरकारमा पुगेपछि कार्यान्वयन नगर्दा आजको असन्तोष सिर्जना भएको उनको दाबी छ।

उनले विशेषतः पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ लक्षित गर्दै २०६४ सालमै जनयुद्धका प्रस्ताव र नीति खारेज गरिएको आरोप लगाए। “कसैलाई थाहा नदिई जनयुद्धको मूल प्रस्ताव त्यागियो,” उनले भने।

आर्थिक अनियमितताको संकेत

तत्कालीन नेतृत्व आर्थिक रूपमा विचलित भएको आरोप लगाउँदै विप्लवले केही नेताहरू अर्बपति बनेको र कतिपयसँग काठमाडौंमा चार–चार वटा घर रहेको जिकिर गरे। पार्टीको नाममा बैंक खाता खोलेर रकम व्यवस्थापन गर्ने प्रस्ताव अस्वीकार गरिएको स्मरण गर्दै उनले घरमै करोडौं रुपैयाँ राखिएको आफूले देखेको दाबी गरे।

रोल्पाको आधार क्षेत्र छोड्दा ६ किलो सुन र दुई करोड रुपैयाँ जिम्मा दिएको उल्लेख गर्दै उनले उक्त रकमको हिसाब सार्वजनिक हुनुपर्ने बताए। “भलै खर्च भयो होला, तर प्रश्न उठ्नु स्वाभाविक हो,” उनले भने।

चुनाव, एकता र शक्तिकेन्द्र

उनका अनुसार माओवादी नेतृत्वको असफलता र अन्य दलहरूको पूर्वाग्रही राजनीतिका कारण जनयुद्धको मर्म लागू हुन सकेन, जसले देशलाई पुनः अस्थिर चुनावी चक्रमा धकेलेको छ। अहिलेको चुनाव ‘पूर्ण राजनीतिक दिशा’ बिना नै भइरहेको उनको टिप्पणी थियो।  पार्टी एकता हुन नसक्नुमा ‘माओवाद छाड्ने तर नेतृत्व नछाड्ने’ प्रवृत्ति जिम्मेवार रहेको उनको भनाइ छ। आफूले नेतृत्व र प्रधानमन्त्री दुवै दाबी गरेकाले एकता असफल भएको भन्ने प्रचारलाई उनले अस्वीकार गरे।

अन्य दल शक्तिकेन्द्रको प्रभावमा परेको संकेत गर्दै आफ्नो पार्टी भने कुनै बाह्य शक्तिकेन्द्रसँग निकट नरहेकाले आर्थिक नाकाबन्दीको सामना गरिरहेको उनले बताए।

आत्मनिर्भरता र स्थानीय एजेन्डा

रोल्पाको विकासका लागि ६ हजार बोट कफी उत्पादन कार्यक्रम अघि बढाइएको जानकारी दिँदै उनले आत्मनिर्भर उत्पादनलाई गौरवको विषय बताए।

यसपटक रोल्पाबाट उम्मेदवार बन्ने चर्चा भए पनि पार्टी निर्णयअनुसार पछि हटेको उल्लेख गर्दै उनले सहिद परिवारका चुडामणी वली ‘आदर्श’लाई समर्थन गर्न आह्वान गरे। रोल्पाको अधूरो सहिद मार्ग तत्काल पूरा गर्नुपर्ने, जलजला क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्ने तथा दुईवटा जलविद्युत् आयोजना सम्भव रहेको उनले बताए।

“हामीले विशिष्ट परिस्थितिमा चुनावमा भाग लिएका छौं। एकपटक सच्चा मनले देश हाँक्ने अवसर दिनुस्,” विप्लवको अपिल थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

शपथको पूर्व सन्ध्यामा बालेनले सार्वजनिक गरे र्‍याप गीत ‘जय महाकाली’

काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...

कार्की आयोग प्रतिवेदनप्रति एमाले आक्रोशित, रास्वपा मौन

काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...

एन्फाको मतदान कार्यक्रम स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...

महिला, बालबालिका मन्त्रालय कायमै राख्न आग्रह

 काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending