ओखलढुंगा। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगाको राजनीतिक माहोल तातेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा माहोल बनिरहेको दाबी गर्दै एमाले र कांग्रेस परित्याग गरी सयौं युवा नेकपामा प्रवेश गरेका छन्।
काठमाडौंको जोरपाटीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा चम्पादेवी र सुनकोशी गाउँपालिकाका सयौं युवाले औपचारिक रूपमा नेकपा रोजेका हुन् । नवप्रवेशीलाई उम्मेदवार गुरुङ, जिल्ला संयोजक चम्पा कार्की ‘आशा’ लगायत नेताहरूले खादा–माला लगाएर स्वागत गरेका थिए।
पलापु, चिप्लिङ, फेदीगुठ, सिस्नेरी र बिलन्दु क्षेत्रबाट एमाले–कांग्रेस छाडेर युवाहरू नेकपामा समाहित भएको जनाइएको छ । कार्यक्रमको संयोजन चम्पादेवी–५ का पूर्व वडाध्यक्ष तथा समाजसेवी युवा नेता झलकमान तामाङले गरेका थिए।
अधुरा योजना पूरा गर्न जित्नै पर्छ — गुरुङ
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले ओखलढुंगाको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। प्रदेश सांसद हुँदा जिल्लामा सयौं विकास योजना सुरु गरिएको उल्लेख गर्दै उनले तीमध्ये धेरै योजना अझै अधुरा रहेको बताए।
“मैले सुरु गरेका योजनाहरू पूरा गर्न र ओखलढुंगाको विकासलाई गति दिन अब मलाई जित्नैपर्छ,” गुरुङले भने। नेकपाले यस पार्टी प्रवेशलाई आगामी निर्वाचनको संकेतका रूपमा व्याख्या गरेको छ भने एमाले र कांग्रेसका स्थानीय नेताहरूले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएका छैनन्।
निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा दल परिवर्तन र शक्ति सन्तुलनको राजनीति झन् तीव्र बन्दै गएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: