काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोग निष्पक्ष नभएको आरोप लगाएका छन्। आयोगको प्रतिवेदनले नै उक्त धारणा पुष्टि गरेको उनले बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले तथाकथित कार्की आयोग र आम निर्वाचन ०८२ लाई एल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानूनी वैधानिकता दिने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार निर्वाचन परिणाम र आयोगको प्रतिवेदन पनि सोही प्रवृत्तिअनुसार आएका छन्।
पोखरेलले निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ उन्मुख भएको उल्लेख गरेका छन्। एल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणसहित नयाँ शक्तिको उदय भएको उनको भनाइ छ।
उनले यस्तो अवस्थाले राष्ट्र र लोकतन्त्र दुवैलाई केही समय चुनौती सामना गर्नुपर्ने संकेत गरेको बताए। यद्यपि, नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवका आधारमा मूल्यांकन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनको धारणा छ।
पोखरेलले अन्त्यमा लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान नभएको र विचारधारात्मक राजनीति नै स्थायी विकल्प हुने उल्लेख गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १८ गते, २०८३ - १७:४१
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन र उपयोगसम्बन्धी विधेयक प्रमाणीकरण गरेका...
श्रावण १८ गते, २०८३ - १७:२७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष खीमबहादुर साबदसहित...
श्रावण १८ गते, २०८३ - १७:०५
काठमाडौं । बस्तीबाट विस्थापित भएका सुकुमवासीहरूले आफूहरूको व्यवस्थापनको माग गर्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सरकारले व्...
श्रावण १८ गते, २०८३ - १६:५६
काठमाडौं । रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा २५ र ३६ वर्षीय दुई नेपालीको घटनास्थलमै मृत्यु भएक...
श्रावण १८ गते, २०८३ - १६:४८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा सव–डिभिजन वन कार्यालय, बन्दीपुर (सिरहा) का कार्यालय प्रमुख राम केवल रायवि...
श्रावण १८ गते, २०८३ - १६:४२
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारले ह...
श्रावण १८ गते, २०८३ - १६:०७
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत नि:शुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनका लागि देशभरका सेवाप्रदायक अस्पताल र जिम्...
श्रावण १८ गते, २०८३ - १५:४५
काठमाडौं। साउनको सोमबार आज पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीले साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवज...
श्रावण १८ गते, २०८३ - १५:१५
काठमाडौं । विभिन्न माग राख्दै आमरण अनशनमा रहेकी नर्स ज्योति रानाभाट र सरकारका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। स्वास्थ्य मन्त्रालयमा सोमबार वार्ता ...
श्रावण १८ गते, २०८३ - १५:०६
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डमा पुन: पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। चितवनको मुग्लिन बजार नजिकै पहिरो खसेपछि सोमबार दिउँसोदेखि सडक दुईतर्फी...



प्रतिकृया लेख्नुहोस्: