Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

सुरक्षाकर्मी र कर्मचारीले मत दिन पाउँछन् कि पाउँदैनन् ?

खबरडबली संवाददाता

काठमाडौं । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै यस्तो मताधिकार दिइएको छ । सुरक्षाकर्मी र कर्मचारी गरी निर्वाचनमा पाँच लाख ५१ हजार ८९० कर्मचारी खटिँदै छन् । निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरिएका छन् ।

जसमा २३ हजार ११२ निर्वाचन केन्द्र छन् । ती केन्द्रको व्यवस्थापन गर्न निजामतीतर्फका कर्मचारी मात्रै दुई लाख १३ हजार खटिँदै छन् । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् । उनीहरूले खटिएकै निर्वाचनस्थलमा समानुपातिकतर्फ मात्रै मतदान गर्न सक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘आसन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्नेछन् । उनीहरूले आफू खटिएकै ठाउँमा मतदान गर्न सक्छन् । त्यसका लागि आवश्यक सबै प्रबन्ध तयार गरिएको छ,’ उनले भने ।

आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको तथ्यांक संकलन भइसकेको छ । उनीहरू खटिने निर्वाचनस्थलको विवरण र संख्या पनि निर्धारण भइसकेको छ । आयोगले सोहीअनुसार उनीहरूको मतदाता नामावली तयार गरेर खटिने निर्वाचनस्थलमै पठाएको छ । निर्वाचनका क्रममा निर्वाचन अधिकृतले सोही नामावली परीक्षण गरी कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिकतर्फको मतपत्र उपलब्ध गराउनेछ र सोही आधारमा उनीहरूले मतदान गर्न सक्नेछन् । ‘निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको तथ्यांक संकलन भएका छन् । उनीहरू खटिई जाने निर्वाचनस्थल पनि यकिन भएका छन् । सोहीअनुसार तयार भएको नामावली सम्बन्धित निर्वाचनस्थलमा पठाइनेछ र सोही आधारमा उनीहरूले मतदान गर्न सक्नेछन्,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने । 

निर्वाचनमा प्रत्यक्ष खटिनेले मात्रै होइन, अप्रत्यक्ष खटिने सरकारी कर्मचारीले कार्यक्षेत्रबाटै समानुपातिकमा मतदान गर्न पाउँछन् । उनीहरूका लागि आयोगले पायक पर्ने ठाउँमा अस्थायी मतदानस्थल खडा गरिदिन्छ । उनीहरूको पनि मतदाता नामावली तयारी गरेको र सोहीअनुसार स्थायी मतदानस्थल निर्धारण गरेको आयोगले जनाएको छ । उनीहरूको मतदाता नामावली सम्बन्धित मतदानस्थलमै पुग्नेछ । निर्वाचन अधिकृतले सोही नामावली हेरेर मतपत्र दिनेछन् र कर्मचारीले मतदान गर्न सक्नेछन् । 

विशेषगरी भिभिआइपी र भिआइपी स्थलको सुरक्षामा खटिने सुरक्षाकर्मी, सम्बन्धित सुरक्षा निकायको प्रधान कार्यालय, प्रदेश तथा जिल्ला कार्यालय, कारागार, बैंक, विमानस्थल, राष्ट्रिय निकुञ्ज, ठुला जलविद्युत् आयोजनालगायत निकायमा खटिने सुरक्षाकर्मीले यो सुविधा उपभोग गर्न सक्नेछन् । त्यस्तै, निर्वाचन आयोग, सिंहदरबार, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले पनि तोकिएको अस्थायी निर्वाचनस्थलमा पुगेर मतदान गर्न सक्नेछन् । 

आयोग प्रवक्ता भट्टराईले भने, ‘निर्वाचनका क्रममा प्रत्यक्ष खटिने कर्मचारीले मात्रै होइन, उनीहरूलाई सपोर्ट दिने गरी खटिने कर्मचारी र सुरक्षाकर्मीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्छन् । उनीहरूका लागि पायक पर्ने ठाउँमा अस्थायी मतदानस्थल खडा गरिनेछ, मतदाता नामावली सोही ठाउँमा पुग्नेछ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुरक्षाकर्मी र कर्मचारीले मत दिन पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक ...

नेपालमा शक्ति सन्तुलन फेरिन सक्ने भारतीय आकलन, दिल्लीको नेपालनीति के होला ?

काठमाडौं । नेपालमा दुई सातापछि हुन लागेको निर्वाचनअघि कतिपय भारतीय विश्लेषकहरूले कसैको पनि बहुमत आउने अवस्था आफूले नदेखेको भन्दै आवश्यक पर्दा भारतको न...

‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबिचको प्रतिस्पर्धा’

म्याग्दी । प्रतिनिधिसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा जिल्लामा फरक फरक नयाँ दृश्यहरू देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उम्मेदवारला...

गौरमा अनिश्चितकालीन कर्फ्यु- अत्यावश्यक कामका लागि २ घण्टा खुकुलो बनाइयो, अर्को आदेश नभएसम्म रहने

काठमाडौं । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज पनि जारी छ । अहिले बिहान ६स्३० बजेदेखि ८ः३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको...

आचारसंहिता उल्लंघनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग...

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

काठमाडौँ । भोजपुरमा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ । सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भाग...

कोशी, गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागलगायत अन्य बाँकी हिमाली भू...

सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष...

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

गण्डकी। आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गरेको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा क...

निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE