Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

टोल–टोलमा विकासका आश्वासन, खोलामा अधुरो पुल : ११ वर्षदेखि पिलरमै सीमित

खबरडबली संवाददाता

सप्तरी । प्रतिनिधिसभा निर्वाचनको प्रचारमा दल र उम्मेदवार टोल–टोलमा पुगेर विकासका वाचा गरिरहेका छन्। तर वर्षौँदेखि अधुरा आयोजनाले ती आश्वासनमाथि प्रश्न उठाइरहेका छन्। यसको ज्वलन्त उदाहरण हो सप्तरीको राजगढ गाउँपालिका–६ स्थित मुतनी नदीमा निर्माणाधीन पुल, जुन ठेक्का लागेको ११ वर्ष बितिसक्दा पनि पिलरमै सीमित छ।

राजगढका बरहादी र बनैनियाँ गाउँ जोड्ने उक्त पुल २०७१ सालमा करसहित २ करोड ५१ लाख ७० हजार रुपैयाँमा ठेक्का लागेको थियो। काठमाडौंको नीलगिरि कन्स्ट्रक्सनले ३१ असार २०७३ भित्र निर्माण सम्पन्न गर्ने गरी जिम्मा पाएको थियो। तर पटक–पटक म्याद थप्दा पनि सात वर्षसम्म दुईतर्फी पिलर उठाउनेबाहेक उल्लेख्य प्रगति हुन सकेन। त्यसपछि सडक डिभिजन कार्यालय लहान ले १५ वैशाख २०७८ मा ठेक्का रद्द गर्‍यो।

२३ मंसिर २०७८ मा सार्वजनिक खरिद अनुगमन कार्यालय ले ठेकेदार कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राख्यो। तर ठेक्का रद्द भएको चार वर्ष बितिसक्दा पनि नयाँ ठेक्का आह्वान गरिएको छैन।

सडक डिभिजन कार्यालय सप्तरीका इन्जिनियर दिलीप साहका अनुसार नयाँ ठेक्काका लागि स्रोत सुनिश्चितता हुन नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन। “स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायमा फाइल पठाइएको छ, स्वीकृति भएपछि ठेक्का आह्वान हुन्छ,” उनले भने।

स्थानीयको पीडा

पुल अभावले स्थानीयवासीले वर्षौँदेखि सास्ती खेपिरहेका छन्। विशेषगरी वर्षायाममा समस्या झन् चर्किने गरेको छ। गत वर्ष बर्खामा सर्पदंशका बिरामी रमशिस यादवलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाउनुपरेको स्थानीय बताउँछन्।

स्थानीय शम्भु यादव भन्छन्, “पुल नहुँदा एम्बुलेन्स आउन सक्दैन। समयमै उपचार नपाउँदा एक जनाको ज्यान गइसकेको छ।”

गणेश सुतिहारका अनुसार सुत्केरी वा गम्भीर बिरामीलाई अस्पताल लैजान खोलामा पुल नहुँदा ठूलो समस्या हुन्छ। “चुनावका बेला सबै उम्मेदवारले यही पुललाई मुख्य एजेण्डा बनाउँछन्, तर चुनावपछि फर्केर हेर्दैनन्,” उनले भने।

शिक्षा र दैनिक आवतजावत प्रभावित

भारतीय सीमावर्ती क्षेत्र जोड्ने मुख्य सडकखण्डमा पर्ने उक्त पुल नबन्दा विद्यार्थी र सर्वसाधारण दैनिक जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्। वर्षायाममा नदी पार गर्न नसक्दा असारदेखि असोजसम्म बालबालिका विद्यालय जानबाटै वञ्चित हुने अवस्था रहेको स्थानीय कपलेश्वर सुतिहार बताउँछन्।

विष्णुपुर गाउँपालिका अन्तर्गतको कन्कट्टा तथा राजगढ गाउँपालिकाका इनरवा, फकिरा, कुरनमा, बरदाही र बनैनियाँसँगै भारतका सीमावर्ती गाउँहरू भरफोडी, अन्धरामन्ठ, डकही, विक्रमशेर, छातापुर, लौकही र महादेवमन्ठ जोड्ने मार्गअन्तर्गत पर्ने मुतनी नदीमा पुल नबन्दा हजारौँ सर्वसाधारण प्रभावित छन्।

राजगढ गाउँपालिका–६ का वडाध्यक्ष महमद ताहिर मंसुरीका अनुसार सम्बन्धित निकायमा पटक–पटक पहल गर्दा पनि सुनुवाइ हुन सकेको छैन। “वडाको बजेटले पुल बन्ने होइन। माथिल्ला निकायमा बारम्बार आग्रह गर्दा पनि प्रक्रिया अघि बढेको छैन,” उनले गुनासो गरे।

अधुरो पुल स्थानीयका लागि वर्षौँदेखिको पीडा बनेको छ, तर चुनावी मैदानमा भने यो हरेक पटक दोहोरिने मुख्य एजेण्डा बन्ने गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending