गुल्मी। फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ । राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पकड जमाएका उम्मेदवार यस क्षेत्रमा भएकाले यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।
गुल्मी क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, नेपाली कांगेसका नेता चन्द्रकान्त भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालबिच प्रतिस्पर्धा भएकाले यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । चार वटै उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आएको छन् ।
एमालेका जिल्ला इन्चार्ज जङ्ग नेपालीले गुल्मी–१ मा सङ्गठन गाउँस्तरसम्मै सक्रिय हुनुका साथै उम्मेदवार पनि तल्लो तहसम्मै भिजेको र जनताको भावना अनुरूप विकास गर्ने नेता भएकाले जितको आधार भएको दाबी गरेको छन्। यसका साथै अघिल्लो निर्वाचनमा तत्कालीन माओवादीसहितको गठबन्धनबाट झिनो मतान्तरले भण्डारीले जित हासिल गरेको उदाहरण प्रस्तुत गर्दै अहिले एक्ला एक्लै निर्वाचनमा प्रतिस्पर्धा भएकाले ज्ञवालीले जित्नेमा ढुक्क भएको उनले दाबी गरे।
नेपाली कांगेसका जिल्ला सचिव जगदीश भट्टराईले चन्द्र भण्डारी राष्ट्रिय व्यक्तित्व, इमानदार, विकासप्रेमी नेता भएकाले निर्वाचन आफ्नो पक्षमा पार्न सफल हुने दाबी गरे। पछिल्लो समयमा गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएर आएकाले पनि निर्वाचन आफ्नो पक्षमा पार्न थप टेवा पुग्ने उनको पनि दाबी छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले आफूले प्रदेश सरकारमा सामाजिक विकासमन्त्री हुँदा र नहुँदा पनि निरन्तर विकासको पक्षमा रहेकाले आफूले मत पाउनेमा ढुक्क रहेको बताए। गुल्मी–१ को माटोलाई आफूले राम्रोसँग बुझेको र जनताको मनमा पनि बस्न सफल भएकाले अहिलेको आवश्यकता नै बराल भएको उनको दाबी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले भने तिनै नेताले भन्दा आफूले धेरै विकास गर्न सक्ने भएकाले अहिले मतदाताले आफूलाई मतदान गर्ने दाबी गरे। उनले अहिलेको आवश्यकता र युवाको माग अनुसारको आफू उम्मेदवार भएकाले गुल्मी–१ का जनताले मत दिने बताए।
गत निर्वाचनमा नेपाली कांगेसका नेता चन्द्र भण्डारीले तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनबाट ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याएको थिए। जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान स्थल र २८४ वटा स्थायी मतदान केन्द्र तोकिएको छ भने दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३० गते, २०८२ - १७:२०
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...
चैत्र ३० गते, २०८२ - १६:५८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...
चैत्र ३० गते, २०८२ - १६:४४
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...
चैत्र ३० गते, २०८२ - १६:३४
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...
चैत्र ३० गते, २०८२ - १५:५०
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...
चैत्र ३० गते, २०८२ - १५:४५
काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...
चैत्र ३० गते, २०८२ - १५:३१
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...
चैत्र ३० गते, २०८२ - १५:१७
जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...
चैत्र ३० गते, २०८२ - १५:०२
काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...
चैत्र ३० गते, २०८२ - १४:५३
काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...


प्रतिकृया लेख्नुहोस्: