काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि नेपाल–भारत र नेपाल–चीन सीमाना मतदान हुनुभन्दा ७२ घण्टा अगावै सिल गर्ने निर्णय गरिएको छ। मंगलबार निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानअघि सीमामा आवागमन बन्द गर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी आयोगका एक उच्च अधिकृतका अनुसार, सीमाना बन्द गर्ने निर्णयले मतदानको सुरक्षामा सहयोग पुग्नेछ।
मतदानअघि मादक पदार्थको बिक्री वितरणमा रोक लगाउने विषयमा पनि छलफल भएको छ। आयोगले यसबारे समय तोकेर औपचारिक विज्ञप्ति जारी गर्ने जनाएको छ।
फागुन १९ मा पर्ने तराईको होली पर्व र जनकपुरमा हुने माध्यमिकी परिक्रमा मेलाको व्यवस्थापनबारे पनि छलफल भएको छ। भारतको सितमढीबाट हजारौँ श्रद्धालु जानकी मन्दिर पुग्ने परम्परा रहेकोले सुरक्षा र आवागमन व्यवस्थापन कसरी गर्ने भन्ने विषय उठाइएको छ। मौन अवधिमा होली पर्व परेको कारण विशेष व्यवस्थापन आवश्यक रहेको बैठकमा भनिएको छ।
भारतीय नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाउने विषयमा पनि छलफल भएको छ। विदेशी नम्बर प्लेटको सवारी कहिलेदेखि रोक्ने भन्ने निर्णय अन्तत: निर्वाचन आयोगको अधिकारमा रहेको छ।
हिमाली जिल्लामा भइरहेको हिमपातका कारण सुरक्षाकर्मी र कर्मचारीलाई ‘लेक लाग्ने’ चुनौती रहेकाले मतपेटिका र निर्वाचन सामग्री कसरी सुरक्षित रूपमा ढुवानी गर्ने भन्नेबारे पनि छलफल भएको छ।
निर्वाचनलाई निष्पक्ष, सुरक्षित र व्यवस्थित बनाउन आयोगले सुरक्षाका विभिन्न पक्षमा समन्वय गर्दै तयारी अघि बढाएको जनाएको छ।
बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउत, नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरीका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रतिनिधिहरु सहभागी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...
बैशाख ७ गते, २०८३ - १४:१५
काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धान प्रक्रियामा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। विवादि...


प्रतिकृया लेख्नुहोस्: