काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दा नै सेयर लगानीसम्बन्धी सबै विवरण उल्लेख गरिएको भन्दै गैरकानुनी काम नगरेको दाबी गरेका हुन्।
उनले ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपप्रति आपत्ति जनाउँदै वास्तविकता फरक रहेको बताएका छन्। उनका अनुसार सबै सेयर एउटै प्रकृतिका हुँदैनन् र आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरमा दुई करोडभन्दा बढी लगानी गरेको कुरा सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र पर्ने भएकाले यो लुकाउने नभई वर्गीकरणको विषय भएको उनले बताएका छन्।
गुरुङले खुलेरै ठूलो रकम सम्पत्ति विवरणमा देखाउने व्यक्तिले सेयर लुकाउने प्रश्न नै नउठ्ने तर्क गरे। ‘सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा दुई करोडभन्दा बढी सम्पत्ति देखाउँदैन,’ उनले भने।
मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयलाई लिएर उठेका प्रश्नमा उनले सेयरमा लगानी गर्नु अपराध नभएको स्पष्ट पारे। उनका अनुसार सबै कारोबार बैंकिङ च्यानलमार्फत गरिएको छ र त्यसको सम्पूर्ण अभिलेख उपलब्ध हुन्छ।
पैसाको स्रोतबारे उनले लगानीका लागि प्रयोग गरिएको रकम ऋण ९कर्जा० मार्फत जुटाइएको जानकारी दिए। उक्त ऋणको लिखित तमसुक २०८०र०५र२९ मै तयार गरिएको र रेकर्डमा रहेको उनले उल्लेख गरे। बैंकमार्फत भएको कारोबार भएकाले पैसा कहाँबाट आयो र कहाँ गयो भन्ने कुरा सजिलै प्रमाणित हुने उनले बताए।
त्यस्तै, विवादित व्यक्तिसँग साझेदारी रहेको आरोप पनि उनले अस्वीकार गरेका छन्। एउटै कम्पनीमा सयौँ वा हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु भनेको सबैसँग साझेदार हुनु नभएको उनको भनाइ छ। यदि त्यसैलाई आधार मान्ने हो भने सोही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित नहुने उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...



प्रतिकृया लेख्नुहोस्: