Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

गुल्मीका नौ स्थानीय तहमा सार्वजनिक बिदा

खबरडबली संवाददाता

गुल्मी। मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।

कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीका अनुसार गाउँपालिकाको अध्यक्ष स्तरको बैठकबाट मगर दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय भएको होे । उक्त दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालयहरू, शिक्षण संस्था, स्वास्थ्य संस्थालगायतका कार्यालयहरु बन्द रहने गाउँपालिकाले जनाएको छ ।

मगर समुदायले नेपालको इतिहास, संस्कृति भाषा, परम्परा, कला, लोकसंस्कृति तथा राष्ट्रिय एकताको माध्यमबाट राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान गरेकाले सार्वजनिक बिदा दिइएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताए। स्थानीय कला संस्कृति परम्परालाई संरक्षण गर्नु पालिकाको दायित्व भएको पनि उनको भनाइ छ । मगर दिवसका अवसरमा यहाँका स्थानीय मगरहरूले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले प्रमुख सचेतकमा महर मनोनीत

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनीत गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापा मगर...

धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ। धादिङ, नुवाकोट र रसुवा चल्ने सार्वजनिक सवारीसाधन अब नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेका छन् । यसअघि माछापोखरी र बालाजु सडक आसपासमा पार्...

धान रोपााइँका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री चौधरी

काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री गीता चौधरीले वर्षे रोपााइँका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने स्पष्ट पारेको छिन् । राष्ट्रिय सभा अन...

नेपाली कांग्रेसको संसदीय दल नेताको निर्वाचन स्थगित

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज तय गरिएको निर्वाचन स्थगित भएको छ। अब निर्वाचन कहिले हुने भन्ने नयाँ मिति तोकिएको छैन। नि...

श्रम संस्कृति पार्टी सुकुम्वासीको पक्षमा हामी हुनेछ: सांसद आरेन राई

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुमवासी बस्तीमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई पुगेका छन्। सरकारले उक्त क्षेत्रमा रहेका सुकुमवासी बस्ती हट...

वास्तविक सुकुम्वासी छुट्याएर १५ दिनभित्रै व्यवस्थापन गर्ने सरकारको योजना

साँझ ७ बजेसम्म खाली गर्नुस्, सामान ढुवानी प्रहरीले गरिदिन्छ

सुकुमवासी हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट, तत्काल कार्यान्वयन नगर्न माग

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारामा बसोबास गरिरहेका सुकुमवासीहरूलाई हठात रूपमा हटाउने सरकारी निर्देशनविरुद्ध जेनजी अधिकारकर्मी र कानून व्यवसायी...

सुकुमवासीले रास्वपा कार्यालय अगाडि प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा

काठमाडौं । काठमाडौंमा सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीसँगै आन्दोलन चर्किएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कार्यालय अग...

सुकुमबासी मोर्चाका अध्यक्ष नारायण परियार पक्राउ

काठमाडौं । सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार (परिश्रमी) बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनीविरुद्ध दर्ता भएक...

विराटनगरमा फुटपाथ अतिक्रमण हटाउन अभियान सुरु

विराटनगर महानगरपालिकाले बजार क्षेत्रका फुटपाथमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्की सहितको टोलीले उक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending