रसुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रसुवा जिल्लामा कर्मचारी परिचालनसहित आवश्यक तयारी सम्पन्र भएको छ । मतदान कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लाभर ३४८ कर्मचारी खटाइने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदाताको सङ्ख्याका आधारमा कर्मचारी व्यवस्थापन गरिएको हो । कर्मचारी व्यवस्थापन समितिका सं गयोजक तथा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले सबै मतदान स्थलमा आवश्यक जनशक्ति सुनिक्षित गरिएको जानकारी दिए।
जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार जिल्लामा २१ हजार १४१ महिला सहित कुल ४१ हजार ४७१ मतदाता रहेका छन् । उनीहरुका लागि ३६ मतदान स्थलमा ५७ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनका लागि ५९ मतदान अधिकृत, १७१ सहायक कर्मचारी तथा ५९ कार्यालय सहयोगी खटाइने व्यवस्था गरिएको छ । प्रत्येक मतदान केन्द्र रहेकोमा यसपटक मतदाता वृद्धि भएसँगै केन्दको सङ्ख्या बढाइएको हो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी १४ केन्द्र सामान्य, ३८ संवेदनशील र पाँच अतिसंवेदनशील निर्धारण गरिएको छ ।
निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन मतदान स्थलमा सिसी क्यामेरा जडान कार्य भइरहेको छ । उत्तरगया गाउँपालिकामा जडान सम्पन्र भइसकेको र अन्य स्थानमा छिट्टै सम्पन्र गरिने जनाइएको छ । त्यस्तै, निर्वाचन अधिकारी रायले अस्थायी मतदाता नामावाली तयारी, कर्मचारी तालिम तथा मतदान सामग्री व्यवस्थापनको काम सम्पन्र भएको जानकारी दिए । उनका अनुसार मतपेटिकासहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ ।
मतदाता शिक्षा कार्यक्रमअन्तर्गत २७ वडामा स्वयंसेवक परिचालन गरिएको छ भने पाचँवटै गाउँपालिकामा अनुगमनको व्यवस्था गरिएको छ । निर्वाचन स्वस्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्र गर्न आवश्यक सबै तयारी पुरा भएको कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...


प्रतिकृया लेख्नुहोस्: