काठमाडौं । प्रेस सेन्टर नेपालले आफ्ना केन्द्रीय सदस्य तथा विराटनगरबाट प्रकाशित हुने ‘हाम्रो मत’ दैनिकका कार्यकारी सम्पादक अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रेस सेन्टरद्वारा जारी विज्ञप्तिअनुसार झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा बिहीबार दिउँसो रिपोर्टिङका क्रममा पत्रकार आचार्यमाथि नेकपा (एमाले) सम्बद्ध भोलेन्टेयर फोर्सका सदस्यहरूले भौतिक आक्रमण गर्नुका साथै उनको मोबाइल लुटपाट गरेका छन्।
आक्रमणका क्रममा आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको जनाइएको छ। साथै, उनको मोबाइल खोसिएको र चस्मा फुटाइएको उल्लेख छ। ज्यान लिने धम्कीसमेत दिइएपछि अन्य पत्रकारहरूको सहयोगमा उनी सुरक्षित स्थानमा पुगेको प्रेस सेन्टरले जनाएको छ।
प्रेस सेन्टर नेपालले घटनाको घोर निन्दा गर्दै संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ। साथै, घाइते पत्रकारको उपचारको उचित व्यवस्था गर्न र पत्रकारहरूको भौतिक सुरक्षाको प्रत्याभूति गर्न स्थानीय प्रशासन तथा सरकारसँग आग्रह गरेको छ।
विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्भीक र निर्वाध रूपमा समाचार संकलन, प्रकाशन तथा प्रसारण गर्ने वातावरण सुनिश्चित गर्न सबै पक्षसँग अपिल गरिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: