बुटवल। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा सुशासन र विकासका लागि नेपाली कांग्रेसलाई बहुमत दिन आग्रह गरेको छन्। उनले नेपाली कांग्रेस बदलिएर आएकाले नेपाली जनताको विश्वासमा अब देशको नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्ने दाबी समेत गरे।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले कांग्रेसले यस पटक मौका पायो भने देश बनाउँछ भन्ने विश्वास आम जनतामा जागृत भएकोले कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने बताए।
उनले कांग्रेसको संगठन सबैभन्दा ठूलो तागत हो भन्दै अब कांग्रेस अब उत्तेजनाको राजनीतिले देश नबन्ने बताए। उनले नेपाली कांग्रेसको गाडीमा सबैलाई हालेर मिलाएर लैजान्छौँ भन्दै विगतमा सबै दल देश चलाउन चुकेकाले अब कांग्रेसले नेतृत्व गरेर अघि बढ्ने धारणा व्यक्त गरे।
सभापति थापाले कांग्रेस 'टिम नेपाल'को अवधारणासहित आएकाले अब देशका ६ हजार ७ सय ४३ वटै वडा र ७ सय ५३ वटै पालिकालाई कांग्रेसले जोडेर नेतृत्व गर्ने कुरा उल्लेख गरे। देशलाई विकासको गति चाहिएको छ भन्दै तर यो कुनै व्यक्ति आएर भन्दा पनि टिमले गर्ने कुरा भएकोले कांग्रेस नयाँ टिमसहित आएको चर्चा गरे।
गठबन्धनको राजनीतिले नेपालको सिङ्गो राजनीतिलाई फोहोर र दूषित बनाएको भन्दै सभापति थापाले अब फोहोर राजनीतिलाई शुद्ध बनाउने संकल्पसहित कांग्रेस आएको बताए।
सभापति थापाले भने– 'हाम्रो राजनीति फोहोर भएको छ, त्यो फोहोर राजनीतिलाई हामीले सफा गर्छौँ । हाम्रो राजनीति प्रदूषित भएको छ, त्यसलाई प्रदूषण मुक्त बनाउँछौँ ।'
उनले कांग्रेस ५ वर्षको समय प्रतिज्ञा गरेर आएको भन्दै अब फागुन २१ गते चुनाव भएपछि चैतमा नयाँ सरकार बन्छ र कांग्रेसले बहुमत ल्याएर नयाँ वर्षको दिन वैशाख १ गते देशवासीको नाममा उभिएर संकल्प गर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस उपसभापति पुष्पा भुसालले नेपाली कांग्रेसले नै अब देशको नेतृत्व गर्ने बेला आएको बताए। उनले कांग्रेसको पक्षमा जनताको लहर आएको उल्लेख गरे। सोही कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नं। १ का उम्मेदवार हीरा केसी र क्षेत्र नं। २ का उम्मेदवार चुन्नप्रसाद पौडेलले विकासका लागि नेपाली कांग्रेसलाई विजयी बनाउन आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २३ गते, २०८२ - १७:५८
काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकसम्बन्धी बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पो...
चैत्र २३ गते, २०८२ - १७:५१
काठमाडौँ। प्रतिनिधिसभाबाट तीन अध्यायदेश स्वीकृत भएको छ । सभाको आजको बैठकबाट ‘मतदाता नामावली ९पहिलो संशोधन० अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य नि...
चैत्र २३ गते, २०८२ - १७:४६
काठमाडौँ। सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवा...
चैत्र २३ गते, २०८२ - १५:११
काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न ...
चैत्र २३ गते, २०८२ - १४:१२
काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सभाहलको अगाडिको रोमा उनीहरूका लागि सिट व्यवस्था गरिए पनि उपस्थिति नभएपछि...
चैत्र २३ गते, २०८२ - १३:५६
काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा ...
चैत्र २३ गते, २०८२ - १३:५०
बनेपा। मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि...
चैत्र २३ गते, २०८२ - १३:३९
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँ...
चैत्र २३ गते, २०८२ - १३:२३
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। य...
चैत्र २३ गते, २०८२ - १३:१६
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको छ। ...


प्रतिकृया लेख्नुहोस्: