Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ '६': घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

खबरडबली संवाददाता

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न अत्याधुनिक 'वाइफाइ ६' (WiFi 6) प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।

प्रयोगकर्तालाई गतिको नयाँ अनुभव प्रदान गर्दै समग्र कनेक्टिभिटीमा व्यापक सुधार ल्याउने उद्देश्यले यो सेवा बजारमा ल्याइएको हो। आजको डिजिटल युगमा घरभित्र धेरै उपकरणहरू एकैसाथ चलाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै यो प्रविधि डिजाइन गरिएको छ। पुरानो प्रविधिको तुलनामा ४ गुणा बढी कार्यक्षमता प्रदान गर्ने भएकाले यसले लेटेन्सी (Latency) लाई न्युनतम स्तरमा झार्दछ। फलस्वरूप, घरमा एकै समयमा धेरै व्यक्तिले मुभी स्ट्रिमिङ, अनलाइन गेमिङ र अफिसको काम गर्दा पनि कुनै प्राविधिक कठिनाइ महसुस हुने छैन।

भायानेटले ग्राहकहरूका लागि २५० एमबिपिएस देखि एमबिपिएससम्मका उच्च गतिको 'WiFi 6' प्याकेजहरू उपलब्ध गराएको छ। जसमध्ये २५० Mbps गतिको वार्षिक योजना मात्र रु. १३,८०० (भ्याट सहित) मा प्राप्त गर्न सकिनेछ। यस आकर्षक अफर अन्तर्गत वार्षिक ग्राहक बन्नेहरूले थप १ महिनाको इन्टरनेट सेवा नि:शुल्क प्राप्त गर्नेछन्।

साथै, घरभरि समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले रु. ३,५०० (भ्याट सहित) मा 'वाइफाइ ६ मेस' राउटरको विकल्प पनि अघि सारेको छ। साधारण राउटरले बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा सिग्नल पुर्‍याउन नसक्ने समस्यालाई यस मेस सिस्टमले समाधान गर्नेछ।  पुराना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै भायानेटले अपग्रेड प्रक्रियालाई निकै सहज र किफायती बनाएको छ। विद्यमान प्रयोगकर्ताले मात्र रु. ५०० को न्यून शुल्कमा आफ्नो पुरानो राउटरलाई नयाँ वाइफाइ ६ ओएनयू (ONU) मा परिवर्तन गर्न सक्नेछन्। यस सहुलियतले नयाँ पुस्ताको इन्टरनेट प्रविधिमा पहुँच बनाउन सबैलाई सहज हुने कम्पनीको विश्वास छ। ४के (4K) भिडियो स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्म, आधुनिक घरका हरेक मागलाई भायानेट वाइफाइ ६ ले सहजै पुरा गर्ने सामर्थ्य राख्छ। यस सेवाका बारेमा थप जानकारी लिन वा जडान गर्न इच्छुक ग्राहकले ०१-५९७०६४४ मा सम्पर्क गर्न वा नजिकैको भायानेट कार्यालयमा भ्रमण गर्न सक्नेछन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ '६': घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न ...

संसद्‌को अघिल्लो रोमा खाली भएपछि मनिष झाले भने- सदन चिया पसल वा चौतारी होइन

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सभाहलको अगाडिको रोमा उनीहरूका लागि सिट व्यवस्था गरिए पनि उपस्थिति नभएपछि...

गण्डकी प्रदेशका लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा ...

मूल्य वृद्धिका कारण विकास आयोजनाको काम प्रभावित

बनेपा। मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि...

सेयर बजारबारे अर्थमन्त्री वाग्लेको आश्वासन: नआत्तिनुहोस्, सुधारका काम अघि बढ्छन्”

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँ...

नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। य...

जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमाथि प्रश्न उठ्छ: एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको छ। ...

प्रतिनिधिसभा नियमावली संशोधन गर्ने निर्णय, मस्यौदा समिति गठन हुने

काठमाडौं । संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ। आज बसेको सर्वदलीय बैठकले हाल ...

सार्वजनिक बिदामा पनि हुलाक कुरियर सेवा, ‘एक्सप्रेस वे’ प्रणाली लागू

काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निका...

मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

भिएना। तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ९ओपेक० र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending