Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

खेतमा चिरा, भाषणमा हरियाली: सुक्खा मधेस र चुनावी मौनता

सांकेतिक तस्विर
खबरडबली संवाददाता

महोत्तरी। औरही गाउँको सडकछेउको खेतमा दिनेश यादव र उनकी श्रीमती पुलमकुमारी यादव लसुन–प्याजको गोडमेलमा व्यस्त थिए। माघ–फागुनमै फुटेका गह्रा र चिरा परेका माटोले सुक्खाको कथा सुनाइरहेका थिए। “पहिले त यसरी सुक्खा हुँदैनथ्यो,” दिनेश भन्छन्, “चार दिन बोरिङ नचलाउँदा खेतको हालत बिग्रिन्छ।”

करिब एक बिगाहा जमिनमा उखु, गहुँ, काउली, प्याज र लसुन लगाएका उनी बिहान दूध बेच्न बजार पुग्छन्, त्यहीँबाट खेततिर लाग्छन् र साँझ मात्र घर फर्कन्छन्। परिवारले खाना खेतमै पुर्‍याउँछ। तर यति मेहनतका बाबजुद उब्जनी घट्दो छ, खर्च बढ्दो छ, र भविष्य अनिश्चित।

बोरिङको भरमा बाँचेको खेती

“यहाँका खेत बोरिङकै भरमा चलेका छन्,” दिनेश भन्छन्, “पानी नभए हरियाली हुँदैन।”
औरही वरपरका किसानहरू गत वर्षको खडेरी सम्झेर अझै त्रसित छन्। यसपालि पनि वर्षा नपर्ने हो कि भन्ने चिन्ता छ। जमिनमुनिको पानी बिजुली पम्पले तानेर सिँचाइ गर्ने उपाय महँगो र अस्थायी बन्दै गएको छ।

स्थानीय किसान दिपेन्द्रकुमार यादवका अनुसार, पछिल्ला ८–१० वर्षमा खडेरी क्रमशः बढेको छ। “पहिले फागुन–चैतसम्म फाट्टफुट्ट पानी पर्थ्यो,” उनी भन्छन्, “अहिले वर्षायाम सकिएपछि हिउँदे झरी हराउँदै गएको छ।”

साउदी अरबको गर्मी झेलेका सुरेश यादवलाई गत वर्षको खडेरीले उस्तै तातोपन र निराशा सम्झायो। “एक दिन पानी हाल्यो, अर्को दिन सुक्छ,” उनी भन्छन्, “बोरिङले कति दिन धान्छ?”

दिगम्बर चौधरीका अनुसार, ५०–६० फिट खनेर भेटिएको पानी आर्सेनिकयुक्त हुन्छ। सुरक्षित पानीका लागि २०० फिटभन्दा बढी खन्नुपर्छ—जसको लागत ५० हजारदेखि एक लाख रुपैयाँसम्म पुग्छ।

सिँचाइ, मल र बीउ—तीनै संकट

३९ वर्षीय किसान सन्तोष मण्डलका अनुसार, मोटर काँधमा बोकेर खेतमा नपुगेसम्म खेती सम्भव छैन। “दिनभर पानी हाल्यो, बेलुका मोटर घर ल्यायो,” उनी भन्छन्। बिजुलीको लोड धान्न नसक्दा ट्रान्सफर्मर पटक–पटक पड्किन्छ। डिजेल पम्प चलाउँदा लागत झन् बढ्छ।

दिपेन्द्रकुमार यादव भन्छन्, “मल सहजै पाइँदैन, सिँचाइ महँगो छ, गुणस्तरीय बीउ अभाव छ किसान सबैभन्दा बढी पीडामा छन्।”

उनका अनुसार, हुनेखाने किसानले निजी बोरिङ खन्छन्, नसक्नेले सामूहिक ट्युबवेल चलाउँछन्। तर जमिनमुनीको पानी पनि वर्षेनी तल झर्दै गएको छ।

चुरे दोहन र बदलिँदो वर्षा चक्र

भूसंरक्षणविद् नागदेव यादवका अनुसार, वर्षाको स्वरूप नै बदलिएको छ—लामो खडेरी, छोटो समयको भीषण वर्षा। यसले चुरे बाट गिटी–बालुवा बगाएर तराईमा थुपार्छ। नदीको सतह अस्वाभाविक रूपमा माथि उठ्दा सानो बाढीले पनि खेत डुबाउँछ, तर हिउँदमा पानी भेटिँदैन।

स्थानीयका अनुसार, अव्यवस्थित उत्खनन र रोडा–ढुंगा निकासीले खोलानदीको प्राकृतिक बहाव बिगारेको छ। कुलो मासिएका छन्, पैनी पुरिएका छन्। परिणामतः खेती पूर्ण रूपमा बोरिङमा निर्भर भएको छ।

बहुआयामिक असर

खडेरीले सामाजिक र आर्थिक दुवै असर पारेको छ। एक किसानले घाटा बढेपछि खेत इटाभट्टालाई दिए । ७–८ फिट माटो खनिएपछि वरपरका खेतको सतह असन्तुलित भयो। वर्षामा डुबान, हिउँदमा सुक्खा दुवै समस्या चर्कियो।

दिनेश यादव भन्छन्, “कहिलेकाहीँ त खर्च पनि उठ्दैन। तर खेती छाड्यौँ भने समाजले ‘खेत सम्हाल्न सकेन’ भन्छ।” उनका छोराहरू विदेश गइसकेका छन्। तर उनीहरूका लागि खेत छाड्नु भनेको पहिचान गुमाउनु जस्तै हो।

चुनावी मौनता

निर्वाचन नजिकिँदै छ। उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन्। तर खानेपानी, सिँचाइ, खडेरी र चुरे संरक्षण जस्ता विषय चुनावी भाषणको केन्द्रमा देखिँदैनन्। चुरे संरक्षणमा काम गर्दै आएका नागेश्वर यादव चेतावनी दिन्छन् “यदि चुरे दोहन रोकिएन भने ८–१० वर्षमै तराई मरुभूमिकरणको जोखिममा पर्न सक्छ।”

तराई देशको अन्नभण्डार हो। यहाँको जलस्रोत सुक्दा खाद्य असुरक्षा बढ्ने र बसाइँसराइ तीव्र हुने खतरा छ। खेतमा चिरा परेको माटो र चिल्ला चुनावी भाषणबीचको दूरी घटाउने जिम्मेवारी अब नीति र कार्यान्वयनमा निर्भर छ। मधेसका किसानका लागि हरियाली केवल नारामा होइन, व्यवहारमा चाहिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आहा जाँच गाउँ !

जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...

कुलतको दलदलमा युवा, लागुऔषधले निम्त्याउँदै सामाजिक संकट

काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...

श्रमदान अभियानका अगुवा प्रसाद राई : पुलदेखि आत्मरक्षासम्म समाजसेवामा सक्रिय

धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...

पाकेको मासु फ्रिजमा राखेर बारम्बार तताएर खानु हानिकारक

काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...

रास्वपा लुम्बिनी अधिवेशन : सभापतिमा शालिकराम र गोपालबीच पुनः मतदान

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...

टहरा हटाउने क्रममा भीरबाट खसालियो टेम्पो, पीडित भन्छिन्– ‘रोजीरोटीको आधार नै खोसियो’

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending