रोल्पा । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रोल्पाबाट अन्तिम सार्वजनिक चुनावी सम्बोधन गर्ने भएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री दाहालले आज दिउँसो रोल्पाको सदरमुकाम लिबाङस्थित टुँडिखेलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टी स्रोतले जनाएको छ।
पार्टीका जिल्ला इन्चार्ज राजबहादुर बुढाका अनुसार निर्वाचनअघि देशभर ठूलो कार्यक्रम नरहेको अवस्थामा रोल्पाबाटै निर्णायक सन्देश दिने तयारी गरिएको हो। लिबाङमा आयोजना हुने सभामा करिब १५ हजारभन्दा बढी कार्यकर्ता तथा सर्वसाधारण सहभागी हुने आयोजकको दाबी छ।
ऐतिहासिक सन्दर्भसँग जोडिएको सम्बोधन
दश वर्षे जनयुद्धको थालनी रोल्पाबाटै भएको ऐतिहासिक पृष्ठभूमिलाई मध्यनजर गर्दै प्रचण्डले रोल्पालाई सम्बोधनको थलो बनाएका हुन्। जनयुद्धका अधिकांश समय उनले रोल्पामै बिताएका थिए। पार्टी नेतृत्वका अनुसार रोल्पाबाट अन्तिम सम्बोधन गर्नु राजनीतिक तथा भावनात्मक दुवै दृष्टिले अर्थपूर्ण कदम हो।
शीर्ष नेताहरूको उपस्थिति
आजको सभामा रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार वर्षमान पुनले पनि सम्बोधन गर्ने कार्यक्रम छ। साथै पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत केन्द्रीय नेताहरूको उपस्थिति रहने जनाइएको छ।
निर्वाचनको अन्तिम चरणमा प्रवेश गरिसकेको अवस्थामा रोल्पाबाट हुने आजको सम्बोधनलाई नेकपाले शक्ति प्रदर्शन र अन्तिम चुनावी सन्देशका रूपमा लिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: