Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

निर्वाचनका लागि झापामा तीन दिन सीमा नाका बन्द

खबरडबली संवाददाता

दमक। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा भारतसँग सीमा जोडिएको झापाको दशगजा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मेचीनगर, भद्रपुर र गौरीगन्जलगायतका सीमा नाकामा नेपाली सेनासहित सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार नेपाल–भारत सीमा क्षेत्रमा चेकजाँच तथा चौबीसै घण्टा निगरानी बढाइएको छ। निर्वाचनको समयमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको उनले बताए।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिने प्रमुख जिल्ला अधिकारी गेलालले जानकारी दिए। आउँदो सोमबार राति १२ बजेदेखि निर्वाचनको दिन बिहीबार राति १२ बजेसम्म झापासँग जोडिएका सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द रहनेछन्।

झापासँग भारतका दुई राज्यको अन्तर्राष्ट्रिय सीमा जोडिएको छ। पश्चिम बंगालको दार्जिलिङ जिल्ला र बिहारको किसनगञ्ज जिल्लासँग झापाको सीमा जोडिएको छ। यस विषयमा भारतीय पक्षसँग विभिन्न चरणमा छलफल भएको प्रशासनले जनाएको छ। एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधन भने सुरक्षाकर्मीको अनुमति लिएर सञ्चालन गर्न पाइनेछ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुन प्रतितोला ६ सय र चाँदी ५० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८७ ह...

रास्वपा महाधिवेशन उद्घाटनमा सभापति गगन थापा सहभागी हुने

चितवन । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्। सभापति थाप...

रास्वपा महाधिवेशनमा डीडीसीका उत्पादन बिक्री, केहीमा १० प्रतिशतसम्म छुट

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन बिक्रीका लागि राखिएका छन्। महाधिवेशन स्थलमा ...

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending