Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

यूएईमा रहेका सबै नेपाली सुरक्षित छन् – राजदूत क्षेत्री

खबरडबली संवाददाता

काठमाडौं । यूएईस्थित नेपाली राजदूत तेज बहादुर क्षेत्रीले संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका सबै नेपाली सुरक्षित रहेको बताएका छन्। 

यो बयान इरान–अमेरिका–इजरायल तनावको बीचमा आएको हो। इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले मध्यपूर्वका देशहरूमा रहेका अमेरिकी सैन्य बेस क्याम्पसहरूमा मिसाइल प्रहार गर्दै आएको छ। यूएईमा रहेको अमेरिकी सैन्य बेसमा समेत केही आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

राजदूत क्षेत्रीका अनुसार आइतबार पनि एक–दुई मिसाइल अमेरिकी एयरबेसलाई लक्षित गरि प्रहार गरिएको थियो। यद्यपि ती मिसाइलहरू इन्टरसेप्ट गरिएको र जनजीवन सामान्य रहेको उनले बताए।

‘उही डेब्रीहरू (अवशेष) कहिलेकाहीँ झर्न सक्छन्, इन्टरसेप्ट गरिएका वस्तुहरू खस्न सक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘तर समग्रमा नेपालीहरू सुरक्षित छन्।’

यूएईमा शनिबार र आइतबार सार्वजनिक बिदा परेको र रमदान महिनाको कारण नागरिक तथा आप्रवासीहरू घरमै रहेका छन्। राजदूत क्षेत्रीले सबै नेपालीलाई घरमै बस्न आग्रह गर्दै भने, ‘सरकारले बाहिर ननिस्कन भनेको छ भने त्यही पालना गर्नुहोस्। अहिलेसम्म यूएईमा रहेका सबै नेपाली सुरक्षित नै छन्।’

यूएई सरकारले सुरक्षा र हवाई सुरक्षासम्बन्धी विस्तृत गाइडलाइन जारी गरेको छ। राजदूत क्षेत्रीले नेपाली समुदायलाई ती निर्देशिका पूर्ण रूपमा पालन गर्न अपिल गरे।

‘हाम्रो दूतावासले निरन्तर नेपालीहरूसँग सम्पर्कमा छ,’ उनले भने, ‘काम गरिराख्नुभएको साथीहरूलाई टेलिफोन आइरहेको छ, कुराकानी भइरहेको छ। यस्ता अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा यहाँको सरकारले जे निर्देशन दिएको छ, त्यही पालना गर्नु हो।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज जुन २६ अर्थात् लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। ला...

भेनेजुएला भूकम्पमा मृत्यु हुने १८८ पुग्यो, आफन्तको खोजीमा फोटोसहितका सूचना टाँस्न थाले परिवार

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूका अनुसार दुई ...

५१ दिनमै नतिजा, तर किन सडकमा उत्रिए कक्षा १२ का विद्यार्थी ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले असार ५ गते सार्वजनिक गरेको कक्षा १२ को नतिजा यतिबेला विवादको केन्द्रमा पुगेको छ। बोर्डले ५१ दिनमै नतिजा सार्वजनिक...

राजधानी नजिकै सञ्चार संकट, विपद्का बेला सम्पर्कविहीन बन्छ दक्षिण ललितपुर

ललितपुर । संघीय राजधानीबाट केही दूरीमै रहेको दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका अधिकांश बस्ती अझै भरपर्दो मोबाइल र इन्टरनेट सेवाबाट वञ्चित छन्। सञ...

विश्वकप : समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडर नकआउटमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ बाट जर्मनी, आइभरी कोस्ट र इक्वेडरले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। शुक्रबार बिहान सम्पन्न समूह च...

सप्तरीको बलान बिहुलबाट २ राउन्ड गोलीसहित २ जना पक्राउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ परेका छन् । पकाउ पर्नेहरूमा बलान बिहुल गाउँपालिका वडा नम्बर ३ का ३२...

आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । देशका पूर्वी तथा मध्य भू-भागमा मनसुनी वायु थप सक्रिय भएसँगै आज विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौ...

रास्वपा केन्द्रीय सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। पार्टी नेतृत्वका अनुसार केही...

रास्वपा निर्वाचन तालिका पाँचौँपटक संशोधन, पदाधिकारीका लागि राति मतदान हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत निर्वाचन तालिका पुन: संशोधन गरिएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको नयाँ कार्यतालि...

भेनेजुएलामा शक्तिशाली भूकम्प: १६४ जनाको मृत्यु, करिब एक हजार घाइते

काठमाडौँ। भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending