डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने एक दुर्गम मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जिल्लाको शे(फोक्सुण्डो गाउँपालिका–६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका पाँच जना कर्मचारी चिसो मौसम र अक्सिजनको कमीका कारण बिरामी परेका थिए।
उनीहरूलाई केहीबेरअघि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पा ले जनाएको छ।
प्रशासनका अनुसार निर्वाचनका लागि फोतगाउँ मतदान केन्द्रमा खटिएका जिल्ला अदालतका सहायक कर्मचारी (डिठ्ठा)गोर्खबहादुर थापा, साल्ट ट्रेडिङ कर्पोरेसन का कार्यालय सहयोगी धनबहादुर महतरा तथा तीन जना निर्वाचन प्रहरी—कृष्ण झाँक्री, आत्मराम बोहोरा र इन्द्रमान धरला—लेक लागेसँगै ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, बान्ता हुने तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उद्धार गरिएको हो।
उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको प्रशासनले जनाएको छ।
उक्त मतदान केन्द्र जिल्ला सदरमुकाम दुनैबाट पैदल करिब ६ दिनको दूरीमा पर्ने अत्यन्त दुर्गम स्थानमा रहेकाले तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन कठिनाइ भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ।
सो मतदान केन्द्रमा ४० जना मतदाता रहेका छन्। निर्वाचनका लागि उनीहरूलाई पनि हेलिकप्टरमार्फत मतदान केन्द्रमा पुर्याइएको थियो।
मतदान केन्द्रमा खटाइएका कर्मचारी बिरामी परेपछि आवश्यक वैकल्पिक व्यवस्था मिलाउने तयारी सुरु गरिएको प्रशासनले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: