Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

निर्वाचनमा गलत कार्य गरे दण्डनीय: हुनसक्छ उम्मेदवारी खारेजीदेखि जेल सजायसम्म

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार निर्वाचनको समयमा कानुनविपरीत कार्य गरे दण्डनीय हुने व्यवस्था छ। निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रिय मानव अधिकार आयोग, निर्वाचन पर्यवेक्षण संस्था र सञ्चार माध्यमले अनुगमन गर्दै आएका छन्।

निर्वाचनसँग सम्बन्धित प्रमुख प्रावधानहरू यसप्रकार छन्:

उम्मेदवारी अयोग्यतास् प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा १३ अनुसार, कानुनअनुसार सजाय भोगिसकेका र दुई वर्ष भुक्तान नगरेका व्यक्ति उम्मेदवार हुन अयोग्य। यस्तो अवस्थामा आयोगले उम्मेदवारी खारेज गर्न वा पद रिक्त गर्न सक्नेछ।

निर्वाचन खर्च नियन्त्रण: आयोग ऐन २०७३ अनुसार निर्धारित हदभन्दा बढी खर्च गरेमा जरिवाना वा उम्मेदवार हुन रोक लगाइने व्यवस्था।

झुट्टा विवरण पेश नगर्नु: मनोनयन पत्रमा झुट्टा विवरण वा कागजात संलग्न गर्दा २५ हजार रुपैयाँसम्म जरिवाना।

मतपत्र र मतपेटिका हिनामिना: चोरी, कब्जा, नष्ट वा अवरुद्ध गर्न १ लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै।

मतदाता बाधारमतपत्र दुरुपयोग: मतदातालाई मतदानबाट रोक्ने, मतपत्र दुरुपयोग वा बिगार्दा जरिवाना वा कैद।

गैरकानुनी मतदान: मतदान अधिकार बिना वा एकभन्दा बढी पटक मतदान, मतपत्र दुरुपयोग, मतदाता प्रभाव पार्ने कार्यमा जरिवाना वा कैद।

मतगणना नियम उल्लंघन: अनधिकृत प्रवेश, मतगणना सामग्री बिगार्न, गलत मतगणना गर्नेलाई जरिवाना वा कारबाही।

सुरक्षा र शान्ति: सुरक्षाकर्मी बाहेक हतियार लिई हिँड्न, मतदान दिन शान्ति भंग गर्नेलाई जरिवाना वा कैद।

गोपनीयता र प्रभाव रोकथाम: निर्वाचन गोपनीता भंग, मतदाता वा कर्मचारीमा प्रभाव पार्ने, नगद वा जिन्सी दिनेरलिने कार्यमा जरिवाना वा कैद।

निर्वाचन आयोगले यी नियम उल्लंघन भए वा नभएको अनुगमन र अनुसन्धान गर्नेछ। यसले निर्वाचनको निष्पक्षता, पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि सार्वजनिक यातायातको भाडा ९.८ प्रतिशत बढ्दै

काठमाडौं । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुन: सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समक्ष प्रस्ताव प...

राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिए सुधन गुरुङ

काठमाडौं। सुधन गुरुङ गृहमन्त्री पदबाट राजीनामा दिएसँगै गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनले आज बुधबार  प्रधानमन्त्री बालेन शाहसमक्ष प्रधानमन्त्री त...

महिला टी–२० च्यालेन्ज: नेपालले रुवान्डालाई दुई विकेटले हरायो

काठमाडौँ। नेपालले आइसिसी महिला टी–२० च्यालेन्ज घरेलु टोली रुवान्डामाथि जित निकालेको छ । रुवान्डाको घरेलु मैदान किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा ...

व्यवसायीद्वय दीपक भट्ट र अग्रवालमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप

काठमाडौं । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाल माथि थप अनुसन्धान गर्न अदालतले ७ दिनको म्याद थपको अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालत का न्यायाध...

कर्णबहादुर मल्ल पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । बलात्कारको आरोपमा कर्णबहादुर मल्ल लाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुङ्गानाक...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १...

कानुनी परिपालना गर्न औद्योगिक प्रतिष्ठानलाई विभागको निर्देशन

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले औद्योगिक एवं प्रतिष्ठानहरूलाई कानुनको पालना गरी तत्क...

गृहमन्त्रीको राजीनामाबारे प्रचण्डको प्रतिक्रिया: उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएको कदमलाई सकारात्मक बताएका छ...

१४ केजी बढी चरेस सहित चार जना पक्राउ

कपिलवस्तु। कपिलवस्तु प्रहरीले १४ केजीभन्दा बढी लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले कृष्णनगर नगरपालि...

चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङले दुईदिन अघिमात्रै किनेका थिए भेडेटारमा जग्गा

विराटनगर। गृहमन्त्री सुधन गुरुङले मन्त्री पदको जिम्मेवारी सम्हाल्नुभन्दा दुई दिनअघि धनकुटामा करिब २० रोपनी जग्गा खरिद गरेको खुलासा भएको छ। धनकुटाको...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending