Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

अस्तित्व रक्षाका लागि मधेशमा संघर्ष गर्दै जसपा नेपाल

खबरडबली संवाददाता

काठमाडौं । मधेशको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका मधेशकेन्द्रित दलहरूका लागि यसपटकको प्रतिनिधिसभा निर्वाचन निकै चुनौतीपूर्ण बनेको छ। २०६४ को मधेश आन्दोलनपछि मधेशका जनताको भावना र अधिकारका मुद्दालाई आधार बनाएर उदाएका दलहरूले लामो समयसम्म क्षेत्रीय राजनीति नेतृत्व गर्दै आएका थिए। तर अहिलेको चुनावी परिणामको प्रारम्भिक संकेतले ती दलहरूलाई आफ्नो अस्तित्व जोगाउनै संघर्ष गर्नुपर्ने अवस्था देखिएको छ।

मधेश प्रदेशमा प्रभावशाली मानिएका उपेन्द्र यादव, सीके राउत, राजेन्द्र महतो र राजकिशोर यादव जस्ता नेताहरूलाई समेत यसपटकको चुनावमा कडा चुनौती देखिएको छ। मधेशमा लामो समयदेखि प्रभाव राख्दै आएका जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टका लागि जनमत जोगाउन कठिन भइरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

यसपटक मधेशको चुनावी समीकरणमा नयाँ प्रभाव देखिएको छ। विशेषगरी  राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घण्टी र  बालेन शाहको लोकप्रियताले मधेशका परम्परागत दलहरूलाई दबाबमा पारेको विश्लेषण गरिएको छ। सामाजिक सञ्जाल र युवा मतदातामाझ देखिएको नयाँ राजनीतिक आकर्षणले मधेशमा पनि असर पारेको देखिन्छ।

अघिल्लो निर्वाचनबाट उदाएको जनमत पार्टीका लागि पनि यसपटक सहज अवस्था देखिएको छैन। पछिल्ला दिनमा देखिएको घट्दो राजनीतिक प्रभाव र नयाँ दलहरूको प्रवेशले उसलाई थप दबाब सिर्जना गरेको बताइन्छ।

मधेशमा यसअघि पनि ठूला राष्ट्रिय दलहरूको प्रभाव विस्तार हुँदै आएको थियो। विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अघिल्लो निर्वाचनमा मधेशमा आफ्नो प्रभाव बढाएको थियो भने नेपाली कांग्रेसको ऐतिहासिक आधार पनि यहाँ बलियो मानिन्छ। यसपटक कांग्रेसका प्रभावशाली नेता गगन थापा समेत चुनावी मैदानमा सक्रिय देखिएपछि कार्यकर्तामा उत्साह देखिएको थियो।

तर प्रारम्भिक मतगणनाले भने फरक संकेत दिएको छ। कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि समेत  मनिष झा जस्ता नयाँ उम्मेदवारभन्दा पछि परेको खबरले मधेशको चुनावी परिदृश्य बदलिँदै गएको संकेत गरेको छ।

त्यस्तै धनुषासहित अन्य जिल्लामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएको विवरण सार्वजनिक भएको छ। बारा–३ मा रहबर अन्सारी, महोत्तरी–३ मा उज्जलकुमार झा, महोत्तरी–४ मा गौरीकुमारी, सिरहा–१ मा बब्लु गुप्ता, सर्लाही–१ मा नीतिमा कार्की, पर्सा–३ मा रामाकान्त चौरसिया, सप्तरी–४ मा सीताराम साह, पर्सा–२ मा शम्भुकुमार यादव र सप्तरीमा पुष्पा चौधरीलगायतका उम्मेदवारले प्रारम्भिक अग्रता लिएको जनाइएको छ।

अहिलेसम्मको मतगणनामा मधेश प्रदेशका धेरै क्षेत्रमा मधेशकेन्द्रित दलहरू पछि परेको देखिएको छ। उपलब्ध विवरणअनुसार रौतहट–३ मा मात्र गोविन्द चौधरीले जनता समाजवादी पार्टी नेपालबाट अग्रता लिएका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार मधेशमा अहिले देखिएको यो प्रतिस्पर्धा केवल चुनावी नतिजाको विषय मात्र नभई मधेशकेन्द्रित दलहरूको भविष्य र अस्तित्वसँग जोडिएको राजनीतिक परीक्षाका रूपमा हेरिएको छ। यदि यही प्रवृत्ति कायम रह्यो भने मधेशको राजनीतिक शक्ति सन्तुलन आगामी दिनमा ठूलो रूपमा परिवर्तन हुन सक्ने संकेत देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अहिलेसम्म खातै खोल्न नसकेकाे एममालेकाे कुन कुन स्थानमा छ अग्रता ?

काठमाडौँ । देशभर प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहँदा नेकपा (एमाले) ले अहिलेसम्म खातै खोल्न सकेको छैन । रास्वपाले जितसहित सयभन्दा बढी क्षेत्रमा अग्...

धनकुटामा श्रम संस्कृति पार्टीका सान बहादुर राईको निरन्तर अग्रता

धनकुटा। धनकुटामा जारी मतगणनामा  नेकपा एमाले का प्रभावशाली नेता एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईलाई पछाडि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार स...

सिन्धुपाल्चोक-२ मा नेकपाका दुलालको अग्रता, पछि परे वंशलाल

 काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले २ हजार २७६ मतसहित अ...

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्र...

ओखलढुंगामा मतगणना जारी: एमालेेकी थापा अग्रस्थानमा

ओखलढुंगा । ओखलढुंगामा जारी मतगणनाको शुक्रबार बेलुका १०:४० बजेसम्मको नतिजाअनुसार सूर्य चिन्हकी उम्मेदवार अस्मिता थापा अग्रस्थानमा रहेकी छन्। हालसम्म...

०६४ को माओवादी र अहिलेको रास्वपाले प्राप्त गरेको मतबीचमा धेरै भिन्नता छैनः ज्योति मगर

‘जनताको प्रयोग’ र नयाँ राजनीतिक स्थापनाको आलोचना

प्रचण्डको विजयी संदेश: नयाँ र पुराना दलका संरक्षक म नै हो

रुकुमपूर्व, काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक र रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा विजयी पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले नयाँ र पुरा...

देशभर जनलहर चलेको रास्वपा जुम्लामा छैटौं स्थानमा

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर मतदाताको समर्थन पाउँदै अग्रता कायम राखेको छ, तर जुम्लामा भने पूर्वसांसद विनिता कठायतको स्थिति ल...

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी  भएका ...

सुनसरी १ः ४३०९ मत गनिसक्दा हर्क साम्पाङकाे ८१६ मत

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा दोब्बर मतले पछाडि परेका छन् । रास्वपाका उम्मेदवार गोमा त...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE