Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

गृहमन्त्री अर्याल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङल बीच शिष्टाचार भेट

खबरडबली संवाददाता

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेको छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा मन्त्री अर्यालले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे । 

सो भेटमा चिनियाँ राजदूत माओमिङले प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै उचाइमा पुर्‍याउने महत्वपूर्ण भूमिका सफल हुने विश्वास व्यक्त गरे। 

गृहमन्त्री अर्यालले चीनले आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको सहयोगको निरन्तरता र भविष्यमा हुने सहयोग थप बढ्ने विश्वास व्यक्त गरे। उनले टेलिकम क्षेत्र र साइबर क्राइमको क्षेत्रमा बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव पनि गरे। 

भेटका क्रममा चिनियाँ राजदूतचाङ माओमिङले शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद ज्ञापन गरे। मन्त्रालयले निर्वाचन सुरक्षा, सीमा सुरक्षा व्यस्थापनमा गरेका कामको उच्च प्रसंशा गर्दै उनले नेपाल चीनको ऐतिहासिक सम्बन्ध अझै थप बलियो बनाउने प्रतिवद्धता जनाए। राजदूत माओमिङले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा स्वतन्त्रता प्रति चीनको निरन्तर प्रतिवद्धता रहेको दोहोर्‍याए। 

राजदूत माओमिङले गृहमन्त्री अर्याललाई मुलुकमा शान्ति, सुरक्षा र कानुनको शासन बहाल गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरेकामा बधाइ ज्ञापन गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनधिकृत रूपमा कब्जा गरिएका जग्गा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० ले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा कब्जा गर्ने व्यक्ति, संस्था र कम्पनीहरूलाई ...

गृहमन्त्री गुरुङले बोके इन्स्पेक्टर लामाको शव

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको मृत्यु भएको छ। चैत २९ गते तार्क...

कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्। मृतकका आफन्तका अनुसार ...

उद्धार उडानमा प्रक्रिया सहज, बिरामीलाई राहत

मुस्ताङ। निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ । गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घ...

धनुषामा बाँसघारीमा ६० वर्षीय पुरुष मृत फेला

ढल्केबर। धनुषाको बटेश्वर गाउँपालिका–४, स्थित बाँसघारीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सोही वडाका ६० वर्षीय जगतबहादुर थापा ...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक बोलाइयो

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

कांग्रेस संसदीय दलको नेता चयन गर्न सांसदहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेस ले संसदीय दलको नेता चयनका लागि गठन गरेको निर्वाचन समितिले प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ। निर्वाचन समिति...

छ सय विद्यार्थीको नि:शुल्क स्वास्थ्य बिमा

स्याङ्जा । भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको  स्वास्थ्य बिमा गर्न थालेको छ ।  यह...

यूएईविरुद्ध टी–२०आई शृंखला: दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) ले यूएईसँग आगामी सोमबार र मंगलबार हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ।...

सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते

गाईघाट। उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडा चोकस्थित मदन भण्डारी लोकमार्गमा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending