वराहक्षेत्र। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा आठकोठे पक्की भवन बन्ने भएको छ। वराहक्षेत्र नगरपालिकामार्फत निर्माण हुने दुईतले आरसिसी भवनको शिलान्यास गरिएको छ।
वराहक्षेत्र–५ मा रहेको उक्त विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रको इमिस तथ्याङ्कको प्राप्त नतिजाका आधारमा भवन निर्माणको स्वीकृति प्राप्त भएको विद्यालयले जनाएको छ। भवनको शिलान्यास वराहक्षेत्र नगरप्रमुख रमेश कार्कीले एक कार्यक्रमका बिच गर्नुभएको हो।
संघीय सरकारको बजेटबाट निर्माण सुरु गरिएको उक्त पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिका–५ मा रहेको नमुना कन्स्ट्रक्सनले रु। ९६ लाख १३ हजार ३८९।७५ मा सम्झौता गरी काम सुरु गरेको बताइएको छ। निर्माणाधीन भवन आगामी असार १५ भित्र सम्पन्न गर्ने गरी ठेक्का लागेको वराहक्षेत्र नगरपालिकाले जनाएको छ।
जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा तथा कक्षा ६ देखि १२ सम्म नेपाली माध्यममा पठनपाठन हुँदै आएको छ। कक्षा ११ र १२ मा शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान विषय अध्यापन भइरहेको छ भने सिटिइभिटीअन्तर्गत डिप्लोमा तहमा बाली विज्ञान र पशु विज्ञान पनि पढाइ हुँदै आएको विद्यालयका प्रधानाध्यापक योगराज पौडेलले बताए।
विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यो विद्यालय सुनसरी जिल्लाकै सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयका रूपमा परिचित छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १७:३१
काठमाडौं । विभिन्न विद्यार्थी सङ्गठनहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्ने सन्देश दिँदै शुक्रबार काठमाडौंमा संयुक्त सद्भाव र्...
श्रावण १५ गते, २०८३ - १७:२५
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका विभिन्न स्थानमा पुन: निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ ५ बजेदेखि शनिबार...
श्रावण १५ गते, २०८३ - १६:४४
सुलीकोट । पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुर...
श्रावण १५ गते, २०८३ - १६:३३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीलगायत विभिन्न जिल्लामा देखिएको संवेदनशील अवस्थालाई समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताएका छन...
श्रावण १५ गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रियसभाको बैठक साउन १८ गते सोमबार दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गरेका अध...
श्रावण १५ गते, २०८३ - १६:००
विराटनगर । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाएका दुई युवाका परिवारले सरकारसँग सहमति भए पनि शव बुझ्न अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरु...
श्रावण १५ गते, २०८३ - १५:५१
काठमाडौं । विशेष अदालतले राहदानी (पासपोर्ट) छपाइ ठेक्का भ्रष्टाचार प्रकरणमा आरोपित सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। विशेष अ...
श्रावण १५ गते, २०८३ - १५:३९
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा निगरानी कडा पारिएको छ। विशे...
श्रावण १५ गते, २०८३ - १५:२१
काठमाडौं ।नेपाली कांग्रेसले पछिल्लो संवेदनशील अवस्थालाई मध्यनजर गर्दै नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सब...
श्रावण १५ गते, २०८३ - १५:०९
काठमाडौँ । सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालयले नेपाल ...



प्रतिकृया लेख्नुहोस्: