Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेताहरुलाई राजु पाण्डेको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं–३ बाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डे ले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नै आगामी प्रधानमन्त्री हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

मंगलबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा सांसद पाण्डेले पार्टीको लाइन विपरीत दायाँबायाँ कुरा नगर्न रास्वपाका नेतासँग अनुरोध पनि गरे। पत्रकारहरूले रास्वपा उपसभापति डीपी अर्याल ले केही दिनअघि बालेनलाई पाँच वर्ष प्रधानमन्त्री बनाउने सहमतिबारे आफूलाई थाहा नभएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रश्न सोधेका थिए।

जसको जवाफमा पाण्डेले भने, “उहाँले भनेको मलाई थाहा छैन। भनेको हो भने गैह्र जिम्मेवार कुरा हो। त्यो गैह्र जिम्मेवार कुरा गरे जनता कसैले पनि सहनेवाला छैन।”

सांसद पाण्डेले पार्टीको निर्णय सर्वसर्वा मानिने दाबी गर्दै भने, “जे बोलिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी त्यही गर्छ। र राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहका नेतालाई दायाँबायाँ कुरा गर्ने छुट छैन। हाम्रो प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह हो। त्यसमा कन्फ्युजन नहुन अनुरोध गर्दछु।”

उहाँले सबै नेतालाई मिडियामा बोल्दा संयमित हुन र पार्टीको लाइनभन्दा बाहिर व्यक्तित्वगत कुरा नगर्न पनि अनुरोध गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस सभापति थापाद्वारा आफ्नै वडाबाट क्रियाशील सदस्यता अद्यावधिक सुरु

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने 'जरा अभियान' को शुभारम्भ गरेको छन् । काठमाडौँ मह...

राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौं : पूर्वप्रधानमन्त्री कार्की

काठमाडौँ। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएको छिन् । नय...

नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् :पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गरेको छिन्।  नयाँ वर्ष २०...

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेको छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनी...

यो खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ “खिल निकाल्ने वर्ष” हुने टिप्पणी गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिँदै उनले ...

नयाँ वर्षमा धनकुटाका पर्यटकीय स्थलमा पर्यटकको भीड

पाख्रीबास। नयाँ वर्षको सुरुवातसँगै धनकुटाका पर्यटकीय स्थलहरूमा वैशाखको पहिलो दिन बिहानैदेखि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ। जिल्लाका करिब ...

डुम्रे–बेसीसहर सडकमा सवारी आवागमन सुचारु

तनहुँ। तनहुँ, लमजुङ र मनाङ जोड्ने मुख्य मार्ग डुम्रे–बेसीसहर सडक खण्डमा विगत केही दिनदेखि हुँदै आएको सवारी आवागमनको अवरोध आज (मङ्गलबार)देखि हटेको छ । ...

राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत विद्यालय भवन शिलान्यास

वराहक्षेत्र। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत सुनसरीको जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयमा आठकोठे पक्की भवन बन्ने भएको छ। वराहक्षेत्र नग...

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending