काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मत परिणाम आइसकेको छ । समानुपातिकतर्फको मतगणना कार्य पनि अन्तिम चरणमा पुगेको छ र सम्भवत: आजै सकिने छ । आयोगले आफ्नो तयारी पूरा गरेपछि चैत ५ देखि ७ गतेभित्र राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको अन्तिम प्रतिवेदन पेस गर्ने तयारीमा जुटेको छ ।”
संवैधानिक प्रावधान र सरकार गठनको प्रक्रिया
नेपालको संविधानको धारा ९३ (१) अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ ।
संविधानको धारा ७६ बमोजिम राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यदि कुनै पनि दलको स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गरिने संवैधानिक प्रावधान रहेको छ ।
आयोगले अन्तिम प्रतिवेदन पेस गरेसँगै नयाँ सांसदहरूको शपथ ग्रहण र संसदीय दलको नेता चयनका लागि राजनीतिक दलहरूलाई बाटो खुल्नेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ १२५ स्थानमा विजय हासिल गरेको छ भने समानुपातिकतर्फ पनि ५० लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ । दुवैको परिणाम सार्वजनिक हुँदा (रास्वपा) लाई झण्डै दुई तिहाइको बहुमत प्राप्त हुने भएकाले एकल सरकार हुने निश्चित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ८ गते, २०८३ - १९:२१
काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने विरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ। अदालत प्रशासनले अधिवक्ता आयुष ...
बैशाख ८ गते, २०८३ - १९:०७
नतिर्नेको सार्वजनिक सेवा नै रोक्का हुने
बैशाख ८ गते, २०८३ - १९:०३
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधारम...
बैशाख ८ गते, २०८३ - १९:००
काठमाडौँ। संयुक्त अरव इमिरेट्स (युएई)ले नेपाललाई १२९ रनको चुनौती दिएको छ । टी–२० आई सिरिजको दोस्रो खेलमा सुरुमा ब्याटिङ गरेको युएईले पूरै २० ओभर खेल्द...
बैशाख ८ गते, २०८३ - १७:४८
काठमाडौँ। देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर ९लु० को जोखिम अझै केही दिन कायम रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले बिहीबारसम्म ...
बैशाख ८ गते, २०८३ - १७:३५
उर्लाबारी। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त ग...
बैशाख ८ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारले विभिन्न तीन वटा ऐन संशोधन गर्न बनेका विधेयकहरू संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् ...
बैशाख ८ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित दुई सदस्य नियुक्त गरेको छ। मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षम...
बैशाख ८ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय ...
बैशाख ८ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मा मन्त...


प्रतिकृया लेख्नुहोस्: