नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन्।
विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति सुनौलीबाट पूर्वतर्फ आउँदै गरेको भारतमा दर्ता भएको कन्टेनरले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा अन्य सवारीसाधनसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक कालिकोट रास्कोट नगरपालिका–६ का करिब ३० वर्षीय अमर कार्की र सोही मोटरसाइकलको पछाडि सवार रास्कोट–७ का करिब २५ वर्षीय महेन्द्र महतारा घाइते भएका छन्।
त्यसैगरी यात्रुवाहक बसमा सवार अन्य छ जना पनि घाइते भएका छन्। प्रहरीका अनुसार रोल्पा स्मृति गाउँपालिका–४ का बस चालक शङ्कर विष्ट, रामेछाप मन्थली नगरपालिका–१२ का विनोदकुमार अछामी, रोल्पा नगरपालिका–४ लिवाङका उदीराम विष्ट, धरान–१५ का नाम्नुहाङ राई, रोल्पा नगरपालिका–२ का दर्शन पोख्रेल, सुनसरी नगरपालिका–५ का चन्द्रसिंह थापा तथा प्युठान स्वर्गद्वारी नगरपालिका–७ का ६० वर्षीय यज्ञप्रसाद भुसाल घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा लगिएको छ। दुर्घटनामा संलग्न कन्टेनर चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २ गते, २०८३ - १५:५७
काठमाडौं । सरकारले इजरायलसहित चार देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका तथा इरानबीचको तनावका कारण स्थगित गरिएको पुन: श्रम स्वीकृति पुन...
बैशाख २ गते, २०८३ - १५:४९
स्याङ्जा। स्याङ्जाको वालिङबाट बागलुङको पञ्चकोटतर्फ गएको यात्रुवाहक बसमा पोखरामा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको छ । नयाँ वर्ष २०८३ मनाउन वालिङ नग...
बैशाख २ गते, २०८३ - १५:३९
काठमाडौं । सर्वोच्च अदालत ले नेपाली कांग्रेसका नेता दीपक खड्का लाई हाल थुनामै राख्न आदेश दिएको छ। खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्...
बैशाख २ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ। बैठकमा समसामयिक राजनीतिक विषयदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्मका वि...
बैशाख १ गते, २०८३ - १७:२४
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा पूर्णनिष्ठाका साथ राष्ट्र निर्माणमा आ-आफ्नो जिम्मेवारी पूरा गरौँ भन्ने शुभकामना व्यक...
बैशाख १ गते, २०८३ - १७:०५
कञ्चनपुर। मलामी गएका एक युवक महाकाली नदीमा डुबेर बेपत्ता भएको छन् । मङ्गलबार दिउँसो छिमेकीको मलामी गएका बेला शुक्लाफाँटा नगरपालिका–७ का ४५ वर्षीय प...
बैशाख १ गते, २०८३ - १६:४८
काठमाडौं । सरकारले आगामी दशकभित्र देशको विद्युत् जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्वाकांक्षी लक्ष्य तय गरेको छ। ६ राजनीतिक दलका चुनावी प्रतिब...
बैशाख १ गते, २०८३ - १६:१६
काठमाडौं । सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्...
बैशाख १ गते, २०८३ - १६:०४
काठमाडौं । सरकारले शासकीय सुधारलाई लक्ष्य गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गरेको छ। उक्त मस्यौदामाथि सुझाव तथा प्रतिक्रि...
बैशाख १ गते, २०८३ - १४:००
काठमाडौं । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) अभय लामाको उपचारका क्रममा निधन भएको छ। ३२ वर्षीय लामा सवार बा.प्...


प्रतिकृया लेख्नुहोस्: