Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

रास्वपाको दुई तिहाइमा ‘दुई सिट’को दूरी : यस्तो छ संसद्को नयाँ अंकगणित

खबरडबली संवाददाता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोग का अनुसार १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ । यही मतका आधारमा ११० समानुपातिक सिटको बाँडफाँट हुनेछ ।

कसरी हुन्छ सिट बाँडफाँट ?

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार समानुपातिक प्रणालीमा थ्रेसहोल्ड (न्यूनतम ३ प्रतिशत मत) कटाएका दलहरूबीच मात्र सिट बाँडफाँट गरिन्छ ।

यसपटक ३ प्रतिशतभन्दा बढी मत ल्याउने ६ दल छन् :

राष्ट्रिय स्वतन्त्र पार्टी – ५१,३९,२३५ (४७.८६%)

नेपाली कांग्रेस – १७,४९,५८३ (१६.२९%)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) – १४,४८,८५४ (१३.४९%)

नेपाल कम्युनिस्ट पार्टी – ८,०५,७७३ (७.५०%)

श्रम संस्कृति पार्टी – ३,७८,६४९ (३.५३%)

राष्ट्रिय प्रजातन्त्र पार्टी – ३,२९,४७२ (३.०७%)

३ प्रतिशतभन्दा कम मत ल्याएका दल (जसपा, जनमत लगायत) सिट बाँडफाँटमा सहभागी हुँदैनन् ।

‘भाजक’ र परिणाम

६ दलको कुल मत ९८,५१,५६६ हुन्छ । यसलाई ११० सिटले भाग गर्दा ८९,५६० मत ‘भाजक’ निर्धारण हुन्छ ।

पहिलो चरणको भागफल अनुसार :

रास्वपा – ५७ सिट

कांग्रेस – १९ सिट

एमाले – १६ सिट

नेकपा – ८ सिट

श्रम संस्कृति – ४ सिट

राप्रपा – ३ सिट

जोड्दा १०७ सिट हुन्छ । बाँकी ३ सिट ‘सबैभन्दा धेरै बाँकी मत’का आधारमा बाँडिन्छ ।

बाँकी मतको आधारमा थप १/१ सिट :

नेकपा

राप्रपा

कांग्रेस

अन्तिम समानुपातिक सिट

रास्वपा – ५७

कांग्रेस – २०

एमाले – १६

नेकपा – ९

श्रम संस्कृति – ४

राप्रपा – ४

नयाँ संसद्को अंकगणित

प्रत्यक्ष र समानुपातिक जोड्दा सम्भावित कुल सिट संख्या :

रास्वपा – १२५ + ५७ = १८२

कांग्रेस – १८ + २० = ३८

एमाले – ९ + १६ = २५

नेकपा – ८ + ९ = १७

श्रम संस्कृति – ३ + ४ = ७

राप्रपा – १ + ४ = ५

प्रतिनिधिसभामा कुल २७५ सिट छन् । दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्छ ।

यस अनुसार रास्वपाको १८२ सिट पुग्ने देखिएकाले दुई तिहाइ बहुमतका लागि अझै २ सिट अपुग हुने अवस्था देखिएको छ ।

अन्तिम मतपरिणाममा सामान्य फेरबदल सम्भव भए पनि हालको प्रवृत्ति अनुसार संसद्को शक्ति–सन्तुलन यस्तै रहने देखिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (वैशाख २) बस्दै छ । दिउँसो ४:३० बजे बैठक बोलाइएको हो ।  बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबा...

माधव नेपाल प्रकरणमा आज सुनुवाइ अनिश्चित, सरकारी कागजात नआउँदा पेसी प्रभावित

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसम्बन्धी भ्रष्टाचार मुद्दामा आजका लागि तोकिएको सुनुवाइ प्रभावित हुने देखिएको छ। सरका...

गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, कांग्रेसबाट तीन जना नयाँ मन्त्री

काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुँदा कांग्रेसबाट तीन जना नयाँ मन्त्री बनेका छन् । अर्थमन्त्री जित शेरचन र  ऊर्जा, जलस्रोत तथा खानेप...

बिहीबार रास्वपाको संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहान १२ बजे संसदीय दलक...

अझै सम्झौता भएनन् सिँचाइका १० योजना

पर्वत । आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अन्तर्गत सिँचाइसम्बन्धी योजना सम्झौता हुन सकेको छैन । चाल...

जनताको भरोसा गुमाउँदा वामपन्थी पराजित हुन पर्याे : खनाल

नेकपा बैठकमा झलनाथको छुट्टै समीक्षा दस्तावेजकाे पूर्णपाठ

संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज रा...

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ । पार्टीको लेटरप्याड प्रयोग ग...

तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो । आजका लाग...

पतञ्जलि जग्गा हिनामिना प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनाविरुद्धको मुद्दा अन्तिम सुनुवाइमा

काठमाडाैं । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालत...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending