घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ ।
‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत नगरपालिकाले व्यक्तिगत घटना दर्तालाई सहज, छिटो र पहुँचयोग्य बनाउने उद्देश्यले घरदैलोमै पुगेर सेवा प्रदान गर्ने गरी अभियान सुरु गरेको हो ।
अभियानमार्फत नागरिकलाई कार्यालय धाउनु पर्ने झन्झट कम हुने र घटना दर्ता प्रणालीलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिएको छन्।
उहाँका अनुसार अभियानअन्तर्गत लमही नगरपालिका वडा नं. ६ मा विनासी केही दिनअघि सवारी दुर्घटनामा परी निधन भएका दीपक पोख्रेल र देउपुर निवासी हरिराम चौधरीको मृत्युदर्ता गरी परिवारलाई प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
घटना दर्ता कार्यक्रममा नगर प्रमुख जोगराज चौधरी, उपप्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी तथा वडाध्यक्ष श्यामनारायण चौधरीलगायतको सहभागितामा मृत्यु दर्ताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
मृत्यु दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले व्यक्तिगत घटना दर्ता नागरिकका आधारभूत अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको भन्दै जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ जस्ता घटना समयमै दर्ता गराउनु आवश्यक रहेको बताएको थिए।
उनले नगरवासी नागरिकलाई घट्ना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगेर अनिवार्य रूपमा दर्ता गराउन प्रेरित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १७:४५
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...
आषाढ़ १० गते, २०८३ - १७:३८
काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...
आषाढ़ १० गते, २०८३ - १७:१२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...
आषाढ़ १० गते, २०८३ - १६:५४
विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...
आषाढ़ १० गते, २०८३ - १६:३५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...
आषाढ़ १० गते, २०८३ - १६:१७
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...
आषाढ़ १० गते, २०८३ - १६:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनका प्रतिनिधिको अन्तिम टुंगो अझै लगाउन सकेको छैन। ९९ सदस्यीय केन्द्रीय समिति चयनका ला...
आषाढ़ १० गते, २०८३ - १५:४४
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्ष...
आषाढ़ १० गते, २०८३ - १५:२७
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६० अंकमा झरेको छ। यो पछिल्लो चार महिनाकै न्यून स्तर हो। अघिल्लो दिन पनि नेप...
आषाढ़ १० गते, २०८३ - १५:१७
नेपालगन्ज। पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि एक अर्ब ७६ करोड ६४ लाख ४३ हजार रुपियाँको आयव्यव...



प्रतिकृया लेख्नुहोस्: