बागलुङ। कालीगण्डकी नदीमा उत्खननको काम नरोकिँदा नदी र यसको पर्यावरण खतरामा परेको भन्दै ‘कालीगण्डकी बचाऔं अभियान’ ले पर्वतको प्रसिद्व धार्मिक क्षेत्र मोदीवेणी धाममा ब्यानर प्रदर्शन गरेको छ ।
कालीगण्डकीको अवैध दोहनले नदीको दिगोपनलाई दुई तिहाइले घटाइदिएको र जन्मदेखि मृत्युसम्मका परम्पराको स्रोत र स्थलमा भएको दोहनविरुद्ध ब्यानर प्रदर्शन गरेर विरोध जनाइएको कालीगण्डकी बचाऔं अभियानका संयोजक एवम् प्रकृति, पर्यावरण तथा सम्पदा चिन्तक आरके अदीप्त गिरीले बताए।
कालीगण्डकी किनारै किनार खनिएको कालीगण्डकी ९क, ख० कोरिडोर सडक संजाल तथा त्यस सडकसँगै आएको अव्यवस्थित सहरीकरण, एकाध व्यक्तिको स्वार्थ, लाभ र दादागिरीमा वातावरणीय प्रभाव मूल्याङ्कनबिना खोलिएको क्रसर उद्योगहरूले मानव तथा प्राणीजगत जोखिममा परेकाले विरोधस्वरूप ब्यानर प्रदर्शन गरिएको गिरीले बताए।
‘‘नदीमाथि जथाभाबी उत्खनन् गर्ने, मलमुत्र, फोहर मैला विसर्जन गर्ने, ढलनलको सोझो मिलान गर्ने, सार्वजनिक जग्गा अतिक्रमण, वन फँडानी र बालुवा तस्करको चपेटामा छ’’ गिरीले भन्नुभयो, ‘‘कालीगण्डकीलाई बचाउनु मानव सभ्यता बचाउनु हो । बाँध र डाइभर्सनको कुरा उठिरहेको छ, यो अतिको विरुद्व सबै एकजुट हुनुपर्छ ।’’
सैयौंको सङ्ख्यामा खोलिएका कालीगण्डकी तटीय क्षेत्रका क्रसर उद्योगको कारण नदी दिन प्रतिदिन मरिरहेको भन्दै नदी माथिको हस्तक्षेपविरुद्व आवाज बुलन्द गर्न र साझा लडाइँमा जोडिन सम्पूर्ण गण्डकी–लुम्बिनीवासी नागरिकमा अभियानले अपिल गरेको छ ।
मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएकाको कालीगण्डकीबाट गिटी, ढुङ्गा, बालुवा उपयोगका नाममा एकोहोरो दोहन भइरहेकोले नदी गहिरो बन्दै गएको र यसको जलाधार झन तल गएर नदी तटीय भागमा विगत दुई दशकदेखि बाढी र कटानको समस्या सिर्जना भइरहेको अभियानका संयोजक गिरीले बताए ।
कालीगण्डकी नदीलाई हिन्दु र बौद्ध धर्मावलम्बीले पवित्र नदीका रूपमा लिने गर्दछन् । कालीगण्डकीको शिर मुक्तिनाथलाई हिन्दु र बौद्धमार्गी दुवैले पवित्र र अलौकिक क्षेत्र मान्दछन् । कालीगण्डकीकै अर्को शिर दामोदर कुण्डलाई पनि आस्थाले पुज्ने गरिन्छ ।
अभियानले विगतमा पटक पटक दोहनविरुद्ध डेलिगेसन जाने, उत्खनन गर्ने डोजर कब्जा गर्ने, पर्यावरणीय र्याली निकालेर विरोध गर्दैआएको छ । ध्यानाकर्षण, खबरदारी र सिर्जनात्मक विरोधले राज्य तहमा आवाज नपुगेकाले अभियानले विरोधको स्वरूप परिवर्तन गर्दै छिट्टै विविध कार्यक्रमसहित ’कालीगण्डकी मार्च’ गर्ने उदघोष गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १७:५९
काठमाडौँ। सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३र८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य त...
जेष्ठ ११ गते, २०८३ - १७:२३
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले प्रधानमन्त्रीको सम्बोधन आवश्यकताअनुसार हुने बताएका छन्। सोमबार मन्त्रिपरिषद्को बैठकक...
जेष्ठ ११ गते, २०८३ - १७:१५
काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री प्रधानमन्त्री बालेन शाहको भारतसहित अन्य वैदेशिक भ्रमण उपयुक्त समयमा मात्र ...
जेष्ठ ११ गते, २०८३ - १७:०६
काठमाडौं । सरकारले सहकारी क्षेत्रमा देखिएका विकृति र समस्या समाधानका लागि तयार गरिएको सहकारी बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन प्रतिवेदन सार्वजनिक गर...
जेष्ठ ११ गते, २०८३ - १७:०२
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरण...
जेष्ठ ११ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। उनी जेठ २० गते स्वदेश फर्किने क...
जेष्ठ ११ गते, २०८३ - १६:४१
दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सुशासन, आर्थिक समृद्धि र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै नयाँ नीति तथा कार्यक्रम स...
जेष्ठ ११ गते, २०८३ - १६:२३
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा साइबर अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ। पर्सा प्रहरीले दिए...
जेष्ठ ११ गते, २०८३ - १६:०५
मोरङ। गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्त्वपूर्ण भू...
जेष्ठ ११ गते, २०८३ - १५:५२
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सङ्क्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुर्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बत...



प्रतिकृया लेख्नुहोस्: