काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई कार्यवाहक अध्यक्ष बन्न प्रस्ताव गरेको शाहीले बताएका छन्। तर, आफूले उक्त प्रस्ताव स्वीकार नगरेको उनको भनाइ छ।
राप्रपाबाट प्रत्यक्ष निर्वाचन जित्ने शाही एक मात्र उम्मेदवार हुन्। उनले एक सिट जितेसँगै राप्रपाको राष्ट्रिय दलको मान्यता सुरक्षित भएको छ।
शाहीका अनुसार चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष लिङ्देनले फोन गरेर बधाई दिएका थिए। सोही क्रममा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनेबारे प्रस्ताव आएको उनले बताए।
“उहाँले फोन गरेर कार्यवाहकको जिम्मेवारी दिऊँ कि भन्ने कुरा गर्नुभयो। पछि भेटेर पनि त्यही विषय उठाउनुभयो,” शाहीले भने, “मैले अहिले त्यस्तो कुनै लोभ नभएको र अध्यक्षज्यू नै पार्टी सञ्चालन गर्नुपर्छ भन्ने धारणा राखेँ।”
उनले पार्टी नेतृत्व अप्ठ्यारोमा परेका बेला अवसर खोज्ने प्रवृत्तिबाट आफू टाढा रहेको उल्लेख गरे। “तपाईं नै मेरो अध्यक्ष हो। महाधिवेशनसम्म परिस्थिति कस्तो बन्छ, त्यसपछि छलफल गरौँला भनेको छु,” उनले भने।
अर्को प्रसंगमा शाहीले गगन थापाको नाम उल्लेख गर्दै पार्टीभित्र नेतृत्व संकटका बेला साथ दिनुपर्ने धारणा व्यक्त गरे।
राप्रपाको महाधिवेशन आउँदो जेठभित्र सम्पन्न गर्नुपर्नेछ, यद्यपि मिति तय भइसकेको छैन। अध्यक्ष लिङ्देन पुनः उम्मेदवारीको तयारीमा रहेको चर्चा छ भने महामन्त्री धवलशम्शेर राणाले नेतृत्वमा दाबी प्रस्तुत गर्ने संकेत गरेका छन्।
शाही अध्यक्ष लिङ्देन निकट मानिन्छन्। कार्यवाहक अध्यक्षको प्रस्तावबारे लिङ्देन निकट स्रोतले भने अनभिज्ञता जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
श्रावण १९ गते, २०८३ - ०७:४३
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ। बैठकमा वार्षिक प्रतिवेदन पेसदेखि भूमिहीन र सुकुमवासीको पुनःस्थापनासम...
श्रावण १९ गते, २०८३ - ०७:२७
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीको मंगलबार बिहान सार्व...
श्रावण १९ गते, २०८३ - ०७:२५
जनकपुरधाम । सुनसरीको देवानगञ्ज घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा बढेको साम्प्रदायिक तनाव समाधानका लागि गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र हि...



प्रतिकृया लेख्नुहोस्: