सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै, बेपत्ता बालिकाका परिवार र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका–८ करडबोनामा आइतबार करिब तीन घण्टा चक्काजाम गरेका छन्।
सुरुङ्गा नगरपालिका–३ लक्ष्मीपुरकी १४ वर्षीया दलित बालिका एक सातादेखि बेपत्ता भएकी थिइन्। सात महिनाकी गर्भवती रहेको भनिएकी बालिकाको खोजी र न्यायको माग गर्दै आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए, तर प्रहरीको पर्याप्त चासो नपाएको स्थानीयहरूले आरोप लगाएका छन्।
दलित अगुवाहरूको नेतृत्वमा ठूलो संख्यामा स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय कडरबोना अगाडि प्रदर्शन गर्दै बालिकाको अवस्था सार्वजनिक गर्न, दोषीलाई पक्राउ गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका थिए। सुरुङ्गा नगरपालिका–३ का वडाध्यक्ष किरणकुमार पोखरेलले भने, “कुनै पनि हालतमा दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।”
मानव अधिकारकर्मीहरूले यो घटनालाई केवल बेपत्ता प्रकरण मात्र नभई नाबालिगमाथि यौन शोषण र सामाजिक अन्यायसँग जोडिएको गम्भीर विषय भएको बताएका छन्। स्थानीय अधिकारकर्मी दिपेन्द्र पासवानले राज्यका निकायले संवेदनशीलता र तीव्रताका साथ अनुसन्धान अघि बढाउनुपर्नेमा जोड दिएको छन्।
आफन्तका अनुसार बालिका विगत करिब १० वर्षदेखि महेश्वर यादवको घरमा घरेलु कामदारका रूपमा बस्दै आएकी थिइन्। पछिल्लो समय उनी सात महिनाकी गर्भवती भएको खुलेपछि ३० फागुनयता अचानक सम्पर्कविहीन बनाइएका हुन्। परिवारले गोप्य छलफल गरी बालिकालाई अन्यत्र लगेर गर्भपतन गराइएको र लुकाइएको हुन सक्ने आशंका व्यक्त गरेको छ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए, “बालिकालाई उनकी दिदीले लगेको भन्ने प्रारम्भिक सूचना प्राप्त भएको छ। प्रहरी टोली परिचालन गरी खोजी कार्य जारी छ। बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने र त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइनेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...
चैत्र ११ गते, २०८२ - १४:३०
बागलुङ।बागलुङमा एक हजार रुपैयाँको नक्कली नोट फेला परेका छन । बैङ्कमा रकम जम्मा गर्न ल्याएको एक हजारका नोटको गड्ढीभित्र नक्कली नोट फेला परेको नेपाल ...
चैत्र ११ गते, २०८२ - १४:०८
काठमाडौं। काठमाडौंको ठमेलबाट २० जना विदेशी महिलाहरू पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती महिलाहरूले ठमेल ...
चैत्र ११ गते, २०८२ - १३:३९
काठमाडौँ । अर्जुननरसिंह केसी ले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा पदभार ग्रहण गरेका छन्। शपथ ग्रहण लगत्तै संसद् सचिवालय पुगेर उनले औपचारिक रूपमा पद...
चैत्र ११ गते, २०८२ - १३:२३
सल्यान। वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका सल्यानका एक युवकको आफ्नै साथीको चक्कु प्रहारबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–...
चैत्र ११ गते, २०८२ - १३:०१
दुबई। अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म प...
चैत्र ११ गते, २०८२ - १२:४६
विराटनगर । सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा लागेको आगलागी नियन्त्रणमा आएको छ। धरान रोडमा रहेको क्याफेको भान्साबाट आज बिहान करिब १० बजे...


प्रतिकृया लेख्नुहोस्: