Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

डोटीमा ‘अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ' प्रतियोगिता

खबरडबली संवाददाता

डोटी । नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ प्रतियोगिता’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा यहाँको बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मोहन्याल गाउँपालिका कैलाली, ठाकुर बाबा नगरपालिका बर्दिया, चौकुने गाउँपालिका सुर्खेतलगायतको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो।

आइतबारदेखि सुरु भएको प्रतियोगिता यही चैत १९ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत आजदेखि डोटीको दिपायलस्थित सेती नदीबाट जलयात्रा सुरु भई अप्रिल १ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक देवराज जोशीले जानकारी दिए। प्रतियोगितामा सबैभन्दा लामो माछा समाउनेलाई नगद रु २५ हजार र शिल्ड पुरस्कारको व्यवस्था रहेको उनले बताए।

प्रतियोगितामा नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी २५ जनाको सहभागिता रहेको छ । संयोजक जोशीका अनुसार प्रतियोगीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रतियोगिताले यहाँको जल पर्यटन सम्भावनाको उजागर गर्ने बताए । उनले भने, “विशेषगरी हिउँदको समयमा र्‍याफ्टिङ गरेर साहसिक अनुभूति लिन पर्यापर्यटनका क्रियाकलाप हुन्छन्, यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ । यसलाई संस्थागत रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्नेछ ।”

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले यहाँको सम्भावनालाई उजागर गरी नागरिकलाई लाभ मिलोस् भन्ने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले भने, “यो प्रतियोगिताले नेपालको जल पर्यटनमा थप टेवा पुर्‍याउने छ भने त्यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । यस प्रतियोगितामा सहभागी भएकाहरूले यहाँका सकारात्मक पक्षलाई आफ्नो देशमा प्रचार गर्नेछन् ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

रुपन्देही । लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । साेमबार आ...

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको साेमबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्...

निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन एमालेकाे निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमाले...

‘सांसद भए पनि किताब बेच्न छाड्दिनँ, कृषि कारखानालाई अझ राम्रो बनाउनु छ’ : डा. महावीर पुन

वीरगन्ज। म्याग्दी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.महावीर पुन सांसद बनेपछि पहिलो पटक वीरगन्ज पुगेर आफ्नो आत्मकथा पुस्तक बिक्री ग...

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्...

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

रुपन्देही । दुई दिनसम्म परेको बैमौसमी वर्षाले रुपन्देहीामा ठुलो परिणाममा काँचो इँटामा क्षति पुगेको छ । शुक्रबार र शनिबार हुरीबताससहितको वर्षाका कारण क...

सूर्यदर्शन प्रकरणमा जाहेरीकर्ता कृष्णप्रसाद जैसी नै सहकारी ठगी आरोपमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्क...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण : पूर्वमन्त्री भीम आचार्यसँग साढे २ लाख धरौटी माग

काठमाडौं। विशेष अदालतले नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री भीम आचार्यसँग साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार

काठमाडौँ । प्रायः मन्त्रालयका गेटदेखि भित्रैसम्म ‘इनडोर प्लान्ट’ का गमला सजाएर हरियाली पारिएको छ । मन्त्रालयका परिसरहरू पनि फूल रोपेर चिटिक्क देखिन्छन...

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिराहाबाट पक्राउ

सिराहा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट काठमाडौंबाट फरार एक कैदीलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाकै कर्जन्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: