Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

समानान्तर गतिविधि थालेको देउवा-कोइराला समूह नयाँ पार्टी गठनको गृहकार्यमा छन् ?

खबरडबली संवाददाता

काठमाडौं । शेरबहादुर देउवा र शेखर कोइराला समूहले पछिल्लो समय समानान्तर गतिविधि अघि बढाउँदै तीन मुख्य रणनीतिमा ध्यान केन्द्रित गरेको देखिएको छ। उनीहरू पार्टीको आधिकारिता सम्बन्धी विवाद, संस्थापन पक्षमाथि संवादका लागि दबाब सिर्जना गर्ने र आवश्यक परे नयाँ राजनीतिक विकल्पको तयारीबारे छलफलमा छन्।

नेपाली कांग्रेसभित्रको आधिकारिता विवाद हाल सर्वोच्च अदालतमा विचाराधीन छ। पुस मसान्तमा तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा को पहलमा सम्पन्न विशेष महाधिवेशनपछि पार्टी दुई धारमा विभाजित भएको थियो। उक्त महाधिवेशनले देउवा नेतृत्वको कार्यसमिति भंग गर्दै थापा नेतृत्वमा नयाँ केन्द्रीय समिति गठन गरेको थियो। निर्वाचन आयोगले सो समितिलाई मान्यता दिएपछि देउवा पक्षले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ।

चैत २२ गते सुनुवाइ अघि देउवा–कोइराला समूहले पूर्व केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला सभापतिहरूको भेला बोलाएर आफ्नो शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ। निर्वाचन आयोगबाट प्रतिकूल निर्णय आएपछि रक्षात्मक देखिएको यो समूह अहिले समानान्तर गतिविधिमार्फत संस्थापन पक्षमाथि मनोवैज्ञानिक दबाब बढाउने रणनीतिमा रहेको नेताहरू बताउँछन्।

उनीहरूको भनाइमा, पार्टीभित्र मतभेद देखाएर संवादको वातावरण सिर्जना गर्नु नै उद्देश्य हो। यसै सन्दर्भमा नेता मीन विश्वकर्माले मतभेदलाई स्वाभाविक प्रक्रिया भन्दै त्यसलाई छलफलमार्फत एकतामा परिणत गर्नुपर्ने बताएका छन्।

देउवा–कोइराला पक्षले सभापति थापा र उपसभापति शर्मालाई १५औँ महाधिवेशन आयोजक समिति गठनतर्फ लैजान दबाब दिने रणनीति पनि बनाएको छ। उता, थापाले आफ्नो पक्षका केही नेतालाई केन्द्रीय समितिमा मनोनयन गर्ने तयारी गरेपछि यो समूह थप आक्रामक बनेको छ।

नेता श्याम घिमिरेका अनुसार आन्तरिक छलफलले आफ्ना समर्थकहरूलाई एकताबद्ध राख्ने र आफूहरू नै बहुमत पक्ष भएको सन्देश दिने लक्ष्य राखिएको छ। साथै, सर्वोच्च अदालतले थापा नेतृत्वलाई नै मान्यता दिएमा कसरी अघि बढ्ने भन्नेबारे पनि समूहभित्र तयारी भइरहेको उनले बताएका छन्।

यद्यपि, तत्काल नयाँ पार्टी गठनको तयारी नभएको नेताहरूको दाबी छ। घिमिरेका अनुसार अहिले सबैको प्राथमिकता पार्टी एकता नै हो, तर परिस्थिति प्रतिकूल बने विद्रोहको विकल्प खुला रहन सक्छ।

छलफलका क्रममा नेता जीवनबहादुर शाहीले भने यदि मिल्न नसक्ने अवस्था आए समानान्तर गतिविधिभन्दा नयाँ पार्टी गठन नै उपयुक्त हुने धारणा राखेका थिए। त्यस्तै, रामहरि खतिवडाले पार्टी एकताको पहल कसैले गर्ने प्रतीक्षा नगरी जहाँबाट सम्भव हुन्छ त्यहींबाट अघि बढाउनुपर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले थापा नेतृत्वले आधिकारिकता पाए पनि आफूहरू संगठनात्मक रूपमा बलियो रहेको दाबी गर्दै दुवै पक्षले आत्ममन्थन गर्नुपर्ने बताएका छन्। उनले सहनशीलता अपनाउँदै एकताको बाटो रोज्नुपर्नेमा जोड दिएका छन्।

नेता मानबहादुर नेपालीले पार्टीभित्र अन्याय भएको गुनासो गर्दै सुधार आवश्यक रहेको बताएका छन्। छलफलमा सहभागी नेताहरूले समूहगत भेटघाटले पार्टीलाई विभाजनतर्फ होइन, बरु एकताबद्ध बनाउनेतर्फ सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending