Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

सप्तरीमा विभिन्न मुद्दाका पाँच जना प्रतिवादी पक्राउ

खबरडबली संवाददाता

राजविराज। सप्तरी प्रहरीले विभिन्न मुद्दामा संलग्न पाँच जना प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार चोरी मुद्दामा दुई जना र लागुऔषध मुद्दामा दुई जना र अभद्र व्यवहार मुघामा एक जना गरी पाँच जनालाई पक्राउ गरिएको छ ।

चोरी मुद्दामा जिल्लाको विष्णुपुर गाउँपालिका–५ का १९ वर्षीय मो। तसमिल, २९ वर्षीय अनिल यादवलाई पक्राउ गरिएको छ । जेनेरेटर चोरी गरेको आरोपमा उनीहरुलाई शुक्रबार बेलुका पक्राउ गरिएको हो । राजविराज नगरपालिका–१६ बेरियास्थित महेन्द्र देवको निर्माणाधीन घरबाट जेनेरेटर चोरी गर्दै गरेको अवस्थामा स्थानीयले तसमिल र यादवलाई नियन्त्रणमा लिएपछि प्रहरीलाई बुझाइएको थियो । उक्त घटनामा प्रयोग गरिएको १५ हर्सपावरको जेनेरेटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । सप्तरी जिल्ला अदालतबाट छ दिनको म्याद थप गराई उनीहरुउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, लागुऔषधसहित जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ का ३१ वर्षीय सुरेन्द्रकुमार शर्मा र रुपनी गाउँपालिका–३ का १८ वर्षीय विक्रमकुमार मण्डललाई पक्राउ गरिएको छ । जिल्लाको राजगढ गाउँपालिका–२ बनैनिया क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूमाथि शंका लागी चेकजाँच गर्दा विभिन्न प्रकारका लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट डाइजापाम १० एम्पुल, करेक्स एक बोतल, फेनेरगन नौ एम्पुल, सिरिन्ज, गाँजा २५ ग्राम लगायतका लागुऔषध बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरीले जनाए। दुबै जनालाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको उनले बताए।

यसैगरी, अभद्र व्यवहार मुद्दामा जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २२ वर्षीय शिवनारायण दासलाई पक्राउ गरिएको छ । दासले राजविराज–४ स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साइकल चोरी भएको घटनामा होहल्ला तथा प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रनाउ पुरीले जानकारी दिए। उनीमाथि पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको उनले बताए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वतन्त्र र जिम्मेवार प्रेस नै लोकतन्त्रको आधारस्तम्भ - सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...

रास्वपा सचिवालय बैठक सुरू, यी हुन् छलफलका एजेण्डाहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी मुख्यालय घण्टीघरमा जारी बैठकमा समसामयिक राजनीतिक तथा सां...

स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन सरकारको आह्वान

काठमाडौं । सरकारले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई सम्पर्कमा आउन आह्वान गरेको छ। शहरी विकास...

सशस्त्र प्रहरीका नयाँ आईजीपी पौडेलले गृहसचिवमार्फत फुली लगाउने

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक(आईजीपी) नारायणदत्त पौडेलले सोमबार दर्ज्यानी चिन्ह (फुली) लगाउने भएका छन्। १८ वैशाखमा चार...

सरकारको कार्यशैलीप्रति सीके राउतको असन्तुष्टि, ‘बाटो सच्याउन’ चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न चेतावनी...

अनामनगरको साततले घर आंशिक भत्काएर फर्कियो डोजर

काठमाडौं । अनामनगरस्थित साततले घरमा डोजर चलाइएको छ। सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा भत्काउन सुरु गरिएको उक्त घर पूर्ण रूपमा नभत्काइ आंशिक क्षति पुर...

ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भए...

धोबीखोलाको चर्चित ठूलो घर भत्काउने तयारी, सुरक्षा सतर्कता कडा

काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको एक ठूलो घर भत्काउने तयारी गरिएको छ। अतिक्रमण गरेर निर्माण गरिएको भन्दै सरकारले उक्त संरचना हटाउने प्रक...

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमबासीको परीक्षण सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु गरेको छ । ...

आइतबार सुनको मूल्य ह्वात्तै घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending