Khabar Dabali २३ चैत्र २०८२ सोमबार | 6th April, 2026 Mon

अबुधाबीमा ड्रोन अवशेष खस्दा घाइते नेपाली सबै खतरामुक्त

खबरडबली संवाददाता

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्था खतरामुक्त रहेको पुष्टि भएको छ। यूएईस्थित नेपाली दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरूको अवस्थाबारे जानकारी लिएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार दूतावासका कर्मचारीहरूले घाइते भएका सातै जना नेपालीसँग प्रत्यक्ष सम्पर्क गरी अवस्था बुझेका छन्। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री का अनुसार प्रारम्भमा एक जनाको अवस्था चिन्ताजनक भनिए पनि हाल सबै खतरामुक्त छन्।

उनका अनुसार एक जनाको हातमा चोट लागेको भए पनि अवस्था स्थिर छ। “सबैसँग सम्पर्क भइसकेको छ। आवश्यक सहयोगका लागि दूतावास सक्रिय रूपमा परिचालित भएको छ,” उनले बताए।

घाइतेमध्ये दुई जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी पाँच जनाको उपचार भइरहेको छ।

यूएईका सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर सार्वजनिक भएपछि दूतावासले सक्रिय रूपमा चासो लिँदै उनीहरूको अवस्थाबारे जानकारी संकलन गरेको हो।

शुक्रबार इरानबाट प्रहार गरिएको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले अवरोध गरेपछि त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए। उक्त घटनामा ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ '६': घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्न ...

संसद्‌को अघिल्लो रोमा खाली भएपछि मनिष झाले भने- सदन चिया पसल वा चौतारी होइन

काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सभाहलको अगाडिको रोमा उनीहरूका लागि सिट व्यवस्था गरिए पनि उपस्थिति नभएपछि...

गण्डकी प्रदेशका लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा ...

मूल्य वृद्धिका कारण विकास आयोजनाको काम प्रभावित

बनेपा। मध्यपूर्वी देशहरूमा भएको द्वन्द्वका कारण जिल्लामा सञ्चालित विकास निर्माणको काम प्रभावित बनेको छ । द्वन्द्वका कारण नागरिकको सामान्य जनजीविकादेखि...

सेयर बजारबारे अर्थमन्त्री वाग्लेको आश्वासन: नआत्तिनुहोस्, सुधारका काम अघि बढ्छन्”

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक रूपमा आतंकित पार्ने काम भइरहेको बताएका छन्। आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँ...

नेकपा केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठक जारी छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। य...

जहाँ कानुनको उल्लंघन हुन्छ र विधिको शासनमाथि प्रश्न उठ्छ: एमाले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदमा विधिको शासन र संविधानप्रदत्त अधिकारको सुनिश्चिततामा जोड दिँदै सरकारलाई खबरदारी गर्ने जनाएको छ। ...

प्रतिनिधिसभा नियमावली संशोधन गर्ने निर्णय, मस्यौदा समिति गठन हुने

काठमाडौं । संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउन सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ। आज बसेको सर्वदलीय बैठकले हाल ...

सार्वजनिक बिदामा पनि हुलाक कुरियर सेवा, ‘एक्सप्रेस वे’ प्रणाली लागू

काठमाडौं।अब सार्वजनिक बिदाका दिनमा पनि हुलाकमार्फत कुरियर सेवा उपलब्ध हुने भएको छ। डा। बिक्रम तिमिल्सिनाको निर्देशनपछि हुलाक सेवा विभागले विभिन्न निका...

मध्यपूर्व द्वन्द्वबीच तेल उत्पादनमा वृद्धि

भिएना। तेल निर्यात गर्ने मुलुकहरूको सङ्गठन ९ओपेक० र उसका सहयोगी देशहरूले मे महिनामा दैनिक दुई लाख ६ हजार ब्यारेल तेल उत्पादन बढाउने निर्णय गरेका छन् ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending