Khabar Dabali ६ श्रावण २०८३ बुधबार | 22nd July, 2026 Wed
Investment bank

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्य संयोजन समितिको बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको हारबारे व्यापक समीक्षा गरिएको छ। नेताहरूले हारको कारण खोज्दै बाह्य हस्तक्षेप र आन्तरिक कमजोरी दुवैलाई मुख्य कारणका रूपमा औंल्याएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारदेखि सुरु भएको बैठकमा विभिन्न नेताहरूले आफ्नो धारणा राखेका छन्। पहिलो दिन लामो समय चलेको बैठकमा झलनाथ खनाल, अग्नि सापकोटा, वामदेव गौतमलगायत नेताहरूले निर्वाचन परिणाम, पार्टीको अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे विश्लेषण गरेका थिए।

बैठकमा केही नेताहरूले ‘जेनजी आन्दोलन’ देखि निर्वाचनसम्मका गतिविधिमा विदेशी शक्तिको प्रभाव देखिएको दाबी गरे। उनीहरूले कम्युनिस्ट आन्दोलन कमजोर पार्ने उद्देश्यले योजनाबद्ध रूपमा हस्तक्षेप भएको तर्क राखे। नेता जगन्नाथ खतिवडाले यस्ता गतिविधिविरुद्ध राजनीतिक प्रतिवाद आवश्यक रहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने बाह्य कारणसँगै पार्टीभित्रकै कमजोरी पनि हारको मुख्य कारण भएको उल्लेख गरे। एमसीसी पारित गर्ने निर्णय र सत्तामुखी प्रवृत्तिले कम्युनिस्ट आन्दोलन कमजोर बनेको उनको भनाइ थियो। उनले पार्टीभित्र स्पष्ट राजनीतिक दिशा निर्धारण गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

बैठकमा नेकपा र नेकपा (एमाले) बीच सम्भावित एकताबारे पनि छलफल भएको छ। नेता दिनानाथ शर्माले एकता दुवै पक्षको इच्छामा निर्भर रहने बताउँदै हालको संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने नीति लिइएको जानकारी दिए।

त्यस्तै, केही नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘जेनजी आन्दोलन’ सँग जोडेर चर्चा गरेका छन्। उनीहरूका अनुसार, उनलाई विशेष रूपमा अघि सारिएको भन्दै यसले नेकपामाथि नकारात्मक प्रभाव पारेको टिप्पणी गरिएको छ।

नेकपा संयोजक प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा ४५ सदस्य सहभागी थिए। बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी रहेको छ र सबैको सुझावपछि पार्टीले आगामी रणनीति तय गर्दै आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending