Khabar Dabali २३ जेष्ठ २०८३ शनिबार | 6th June, 2026 Sat
Investment bank

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

खबरडबली संवाददाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् ।

पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ । किसानलाई अनुदान रकम उपलब्ध गराएर ट्युबवेल र बोरिङ जडान गरिएको हो ।

सिँचाइ सुविधा विस्तार भएसँगै करिब २०० बिघा जमिनमा सिँचाइ पुगेको छ भने ३०० भन्दा बढी किसान लाभान्वित भएका छन् । वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार व्यावसायिक खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेल र अटोजन बोरिङ जडान गरिएको हो । किसानलाई तीनदेखि पाँच जनाको समूह बनाएर स्यालो ट्युबवेल उपलब्ध गराइएको उनले बताए । यसबाट व्यावसायिक तथा उन्नत जातको खेती गर्ने किसान बढी लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षमा किसानलाई थप १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गर्ने कार्य अगाडि बढाइएको छ । यसका लागि वडा कार्यालयले रु चार लाख बजेट विनियोजन गरेको छ । गत वर्ष १० वटा स्यालो ट्युबवेल र एक अटोजन बोरिङ जडान गरिएको थियो भने त्यसअघिल्लो वर्ष १० वटा स्यालो ट्युबवेल जडान गरिएको थियो ।

प्राविधिक रूपमा एक स्यालो ट्युबवेलले करिब पाँच बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउन सक्छ भने एक अटोजन बोरिङले ३० बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउन सक्ने क्षमता रहेको छ । सिँचाइ सुविधा विस्तार भएसँगै किसानले आकासे पानीमा निर्भर रहनुपर्ने अवस्था कम हुँदै गएको छ ।

वडा–५ गर्जमुनिका किसान अंकली चौधरीले सिँचाइ सुविधा भएपछि खेती गर्न निकै सहज भएको बताए । “पहिले आकासे पानीकै भरमा खेती गर्नुपथ्र्यो, अहिले आवश्यकताअनुसार सिँचाइ गर्न पाइन्छ”, उनले भने । वडा कार्यालयले सिँचाइ सुविधा विस्तारसँगै व्यावसायिक खेती, तरकारीखेती र बहुवाली खेती विस्तार हुने विश्वास लिएको छ । किसानको उत्पादन र आम्दानी वृद्धि गर्न आगामी वर्षहरूमा पनि सिँचाइ कार्यक्रमलाई प्राथमिकतामा राखिने वडा कार्यालयले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending