ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले गत वैशाख ३ गते बस्ती खाली गर्न सूचना जारी गरेपछि सो बस्तीका बासिन्दा त्रासमा रहेका हुन् ।
तीन बिघामा फैलिएको बस्तीमा विगत १२ वर्षदेखि करिब ४५ परिवार कच्ची घर निर्माण गरी बसोबास गर्दै आएका छन् । अचानक आएको सूचनाले सुकुमवासी परिवार विस्थापित हुने चिन्तामा परेको स्थानीयको भनाइ छ । बस्तीमा पासवान, मण्डल, साह, विक तथा मुस्लिम समुदायका विपन्न परिवारको बसोबास रहेको छ ।
स्थानीय प्रमोद साहले वैदेशिक रोजगारीका कारण ऋणको बोझले पुख्र्यौली घरजग्गा बेचेपछि सुकुमवासी बन्नु परेको पीडा व्यक्त गरे। साबिकको घर महोत्तरीको रतौली भएको बताउँदै उनले भने, “दुई पटक वैदेशिक रोजगारीमा गएँ । पहिलो पटक मलेसिया गएँ । कम्पनी नै बन्द भयो । दोस्रो पटक कतारमा बिरामी परेर फर्किनु पर्यो ।” वैदेशिक रोजगारीमा जाँदा लिएको ऋण तिर्न बुवाले दिएको पाँच कट्ठा जमिन बेच्नु परेको छ । साहले घरजग्गा बेचेपछि यहाँ बस्न थालेको बताउँदै अहिले फेरि हट्नुपर्ने अवस्थाले परिवारको भविष्य अन्योलमा परेको उहाँको भनाइ छ ।
अर्का स्थानीय धनेशकुमार साहले यो स्थान पहिले जङ्गल र झाडीले भरिएको बताउँदै आफूहरूले नै सफा गरेर बसोबास सुरु गरेको बताए । उनले भने, “हामीले मेहनत गरेर बस्नलायक बनायौँ । १२ वर्षसम्म कसैले केही भनेन । अहिले आएर एक्कासि हट्न भन्दा हामी कहाँ जाने ?”
उनले आफूहरूका लागि वैकल्पिक बसोबास वा उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग पनि गए। बस्तीकी लक्ष्मी विकले लहानबाट आफन्तको सल्लाहमा यहाँ आएर बस्न थालेको बताए । उनले भने, “लामो समय यहाँ बसोबास गरेकाले मन पनि यहीँ जोडिएको छ । अब एक्कासि कहाँ जाने भन्ने चिन्ता बढेको छ ।”
त्यस्तै प्रमिला देवीले आफ्नो १० जनाको परिवार यही बस्तीमा आश्रित रहेको बताउँदै सरकारसँग पुनर्वासको माग गरे। उनी भन्न्छन्, “हामी गरिब मान्छेको बस्ने ठाउँ छैन । यहाँबाट हटाएपछि बालबच्चासहित कहाँ जाने ? सरकारले विकल्प दिनु पर्छ ।”
यहाँको समस्या जनप्रतिनिधिसमक्ष राखेको बताउँदै स्थानीयले चित्तबुझ्दो आश्वासन नदिएको उनले गुनासो गरेको छन् । नगरप्रमुख जितनारायण यादव र वडाध्यक्षले बस्ती खाली गराएपछि विकल्प खोज्ने बताउँदै आएको छन् । सुकुमवासीले बिनाविकल्प नहटाउन र हटाउनै परे उचित क्षतिपूर्ति वा पुनर्वासको सुनिश्चित गर्न माग गरेका छन् । बर्सौंदेखि बसोबास गर्दै आएको थातथलोबाट एक्कासि विस्थापित हुनुपर्ने अवस्थाले सबै चिन्तित देखिएका छन् ।
कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रन्धिरकुमार साहले सरकारी जग्गामा भएको अवैध अतिव्रmमण हटाउने अभियान अन्तर्गत सूचना जारी गरिएको बताए। उनले कार्यालयमातहतको जमिन अतिक्रमण गरी बसेकालाई हटाउन लागिएको स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ११:१६
धनगढी। कैलालीमा आफ्नै घरमा पानी तान्ने मोटरबाट करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको ज्या...
बैशाख १७ गते, २०८३ - १०:५२
रुकुमपश्चिम । पुष्पकमल दाहाल (प्रचण्ड) ले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व ज...
बैशाख १७ गते, २०८३ - १०:३४
ढल्केबर। धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, पोर्ताहास्थित कमला सुकुमवासी बस्तीका बासिन्दा यतिबेला त्रासमा जीवन बिताइरहेका छन् । कमला सिँचाइ व्यवस्थाप...
बैशाख १७ गते, २०८३ - १०:१४
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भ...
बैशाख १७ गते, २०८३ - १०:०८
इनरुवा। सुनसरीको इनरुवा नगरपालिकाका विभिन्न स्थानमा हावाहुरीका कारण ठुलो क्षति भएको छ। करिब एक घण्टा चलेको हावाहुरी र वर्षाले धेरै रूखहरू ढलेका छन् भन...
बैशाख १६ गते, २०८३ - १७:४७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा सरकारी कर्मचारीको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अ...
बैशाख १६ गते, २०८३ - १७:४१
काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार उनले कांग्रेस सभापति गगन थापालाई सम्बोधन गर्द...
बैशाख १६ गते, २०८३ - १७:३२
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट निलम्बन गरेको छ । ललितपुरको बीपी...
बैशाख १६ गते, २०८३ - १७:०९
काठमाडौं । नेपाल बार एशोसिएसनले राष्ट्रपतिसमक्ष सिफारिस गरिएका अध्यादेशहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार महासचिव केदारप्रसाद कोइरा...
बैशाख १६ गते, २०८३ - १६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिन प्रक्रिया चाँडै सुरु हुने जानकारी ...


प्रतिकृया लेख्नुहोस्: