बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्पन्न हुनुपर्ने सडक पाँच वर्षपछि मात्र कालोपत्र भएको हो। यो सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडकसमेत बनेको छ।
बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक दुई वर्षमा कालोपत्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको भए पनि पाँच वर्षपछि मात्र कालोपत्र भएको हो। कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ। सडक कालोपत्रको काम धमाधम भइरहेको छ।
कोरोना महामारी, आर्थिक समस्या र भुक्तानी जस्ता कारण देखाउँदै निर्माण व्यवसायीले पटक–पटक म्याद थप गरी काम अलपत्र पारेको थियो। पुसमा ग्राभेल गरिएको सडक चैतमा धमाधम कालोपत्र भइरहेकाले केही दिनमै काम सम्पन्न गर्ने तयारी निर्माण कम्पनीले गरेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए।
संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको सडक समयमै सम्पन्न नहुँदा अन्तत: गाउँपालिकाको लगानीमा कालोपत्र गरिएको हो। उक्त सडक गाउँपालिकाकै सबैभन्दा बढी लागतमा कालोपत्र भएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो। कालोपत्रका लागि तयार पारिएका पूर्वाधार सडक लामो समय अलपत्र परेपछि बिग्रिएका थिए।
२०७७ जेठमा दुई वर्षभित्र कालोपत्र सक्ने गरी जोशी/निशान/आचार्य जेभीसँग रु। ६ करोड ७१ लाखमा चार किलोमिटर सडक कालोपत्र तथा ढलान गर्ने सम्झौता गरिएको थियो। तर समयमै काम नहुँदा छ पटक म्याद थप गरिएको थियो।
निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको गाउँपालिका अध्यक्ष थापाले बताए । संघीय सरकारले साझेदारीमा ठेक्का लगाए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड रुपैयाँ लगानी गरेर सडक सम्पन्न गर्न लागेको उनले जानकारी दिए। थापाका अनुसार गाउँपालिकामा छोटा सडक कालोपत्र तथा ढलान भए पनि यो चार किलोमिटर सडक हालसम्मकै लामो पक्की सडक हो।
काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेश वडा कार्यालय नजिकसम्म कालोपत्र सडक पुगेपछि यात्रामा सहज भएको स्थानीय छत्रबहादुर कार्कीले बताए।
२०७७ जेठमा निर्माण सुरु गरिएको भए पनि पाँच वर्षपछि सडक कालोपत्र भएको हो। उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन्। लामो प्रयासपछि रेश जाने सडक कालोपत्र भएको हो। प्रिमिक्स कार्पेट प्रविधिद्वारा सडक कालोपत्र भइरहेको छ।
कोरोना महामारी, भुक्तानी समस्या र कच्चा सामग्री अभावका कारण काममा ढिलाइ भएको निर्माण व्यवसायीले जनाएको छ। छिट्टै सडक हस्तान्तरण गर्ने तयारी रहेको पनि जनाएको छ। वर्षायाममा हिलो र हिउँदमा धुलोले रेशवासीलाई सास्ती हुँदै आएको थियो।
पहिले एक घण्टा लाग्ने यात्रा अब सडक कालोपत्र भएपछि १५ मिनेटमै काठेखोला गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - १२:५६
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छ...
चैत्र २८ गते, २०८२ - १२:३२
इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएक...
चैत्र २८ गते, २०८२ - १२:१६
काठमाडौं । इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ...
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...
चैत्र २८ गते, २०८२ - ११:२९
धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...
चैत्र २८ गते, २०८२ - ११:१५
बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ। निर्माण व्यवसायीको लापरवाहीका कारण दुई वर्षमा सम्प...
चैत्र २८ गते, २०८२ - ११:०६
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन गरेको छ। शुक्रबार प्रदेशको श्रम, रोजगार तथा यातायात म...
चैत्र २८ गते, २०८२ - १०:५०
किएभ। चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर पारेर रुस र युक्रेनबिच शनिबारदेखि छोटो अवधिको अस्थायी युद्धविराम लागू हुने भएको छ ।...
चैत्र २८ गते, २०८२ - १०:३३
बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–१० का बदेडाबासी पुस्तौँदेखि आकाशे पानीको भरमा हिउँदे बाली (गहुँ, जौ) खेती गर्दै आएका छन्। उनीहरूका लागि प्रशस्...


प्रतिकृया लेख्नुहोस्: