Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

दुई दिनको बिदाले बन्दीपुरमा पर्यटकको चाप बढ्दो

खबरडबली संवाददाता

तनहुँ। सरकारले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिन थालेपछी तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ ।

यसअघि शनिबार मात्र पर्यटकको चाप हुने बन्दीपुरमा दुई दिनको बिदाका कारण आइतबार पनि पर्यटकको उत्तिकै चहलपहल देखिन थालेको छ ।

दुई दिनको बिदाले पर्यटन क्षेत्रमा २० देखि ३० प्रतिशतसम्म पर्यटकको वृद्धि भएपछि यहाँका व्यवसायीहरू उत्साहित भएका छन्।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बिदाको सदुपयोग गर्दै धेरै पर्यटक बन्दीपुर आउन थालेको बताए। अध्यक्ष थापाले भने, “पहिले केवल शनिबारको मात्र चाप हुन्थ्यो, तर अब दुई दिनको बिदाले गर्दा पर्यटकहरू बन्दीपुरमा एक रात बढी बसेर गाउँका होमस्टे र बजार क्षेत्रको आनन्द लिन पाएका छन् । यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ ।”

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले दुई दिनको बिदा पर्यटनका लागि ‘वरदान’ सावित भएको बताए।

उनले भने, “दुई दिनको बिदाले गर्दा आन्तरिक पर्यटकहरू काठमाडौँ र पोखरा जस्ता व्यस्त सहरबाट परिवारसहित बन्दीपुरमा रमाइलो गर्न आइपुग्छन् ।आइतबार पनि पर्यटकको चाप देखिनु भनेको पर्यटनमा सुधारको सङ्केत हो ।”

यस्तै, बन्दीपुर सामुदायिक होमस्टेका पूर्व अध्यक्ष राजु बानियाँले पनि दुई दिनको बिदाले होमस्टेमा पाहुनाको आगमन नियमित भएको बताए। बानियाँले भने, “धेरैजसो पर्यटकहरू सहरको कोलाहलभन्दा गाउँको शान्त वातावरण र मौलिक आतिथ्यता खोज्दै होमस्टेमा आउछन् । दुई दिनको बिदाले पाहुनाहरू हतार नगरी स्थानीय कौराह, चुड्का नाच र अर्गानिक परिकारको मजा लिइरहेको छन् ।”

पहाडकी रानी नामले परिचित बन्दीपुरमा पुराना घरहरूको वास्तुकला, केबुलकार, सिद्ध गुफा र हिमालको दृश्य हेर्न पर्यटकको भीड लाग्ने गर्दछ ।पोखराबाट ७४ किलोमिटर र काठमाडौँबाट १४२ किलोमिटरको दूरीमा रहेको बन्दीपुर पृथ्वी राजमार्गको डुम्रे बजारबाट नौ किलोमिटर पक्की सडकको यात्रा गरी पुग्न सकिन्छ ।बन्दीपुर गाउँपालिका–१ ठुलो ढुङ्गाबाट केबलकार चढेर पनि बन्दीपुर पुग्न सकिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ । भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ । राष्ट्रपति रामचन...

जटिल भूगोल र अव्यवस्थित सडकका कारण दुर्घटना बढिरहेको छ: आइजीपी कार्की

काठमाडौँ । नेपाली प्रहरीका प्रमुख (आइजीपी) दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताए। नेप...

झापामा च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी

झापा। जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका –२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जङ्गली ...

पार्टी सांसदलाई गुटबन्दीमा नलाग्न सभापति लामिछानेको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएको छन्। आइतबार पार्टीका सां...

बोलपत्र प्रणाली ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यव...

कामु प्रधानन्यायाधीशलाई रविको चुनौती: मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ, चलाइदिनुस् हतियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल ले कानुन दिवसका अवसरमा दिएको अभिव्यक्तिप...

मन्त्री वा प्रधानमन्त्री बन्नु ठूलो कुरा होइन, हामी इतिहास लेख्ने यात्रामा छौं- रवि लामिछाने

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूहरू व्यक्तिगत जीवनी लेख्न नभई इतिहास निर्माण गर्ने यात्रामा अघि बढिरहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र...

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

बेइरुट। लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षी...

कम्युनिस्ट एकताको आवश्यकता बढेको छ: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनको प्रभाव अझै पनि जनतामाझ उल्लेख्य रहेको बताएका छन्। उ...

तीन प्रदेशका एक हजार मटाँवा-बरघर तथा थारू अगुवा दाङमा भेला हुँदै

दाङ। थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोज...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending