मकवानपुर। हेटौँडामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४७ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर क्याम्पाडाँडा सडकखण्डमा भएको सवारी दुर्घटनामा ४५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
सवारी साधन दुर्घटना भएको खबरपछि इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट प्रहरी नायब निरीक्षक कुमार केसी फुयालको नेतृत्वमा प्रहरी टोली पुग्दा सडक छेउमा रोकी राखेको ना ७ ख ५८३८ नम्बरको ढुङ्गालोड टिप्पर गाडीमा सोमबार बिहान १:४० बजेको समयमा काठमाडौँबाट काँकडभिटातर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २५५६ नम्बरको यात्रु बाहक बस ठक्कर खाई दुर्घटना भएको पाइएको प्रहरीको भनाइ छ ।
बसमा सवार बस चालकसहित ४५ जना घाइतेलाई उद्धार गरी उपचारको लागि चुरेहिल अस्पताल हेटौँडा र हेटौँडा अस्पताल मकवानपुरमा पठाइएको थियो । घाइतेहरुमध्ये बस चालकसहित ३६ जनाको चुरेहिल अस्पतालमा भइरहेको छ । हेटाँैडा अस्पतालमा नौ जनाको उपचारका लागि पठाइएकोमा हेटौँडा अस्पतालमा उपचारका लागि गएका आठ जना डिस्चार्ज भएका छन् ।
ती घाइतेहरु मध्ये दुई जना गम्भीर, नौ जना मध्यम र ३४ जना घाइतेको अबस्था तत्काल सामान्य रहेको छ । टिप्पर चालक मकवानपुर राक्सिराङ गाउपालिका ३ का २५ वर्षीय अशोक पाख्रिनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको छ ।
यस्तै, पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा ३ शान्तिचौकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक र पैदलयात्री दुवै जना घाइते भएका छन् ।
आइतबार भएको दुर्घटनामा घाइते भएका दुवै जनाको चुरेहिल अस्पताल हेटौँडामा उपचार भएको छ ।
नगरपालिकाको गाडीमा फोहर फाल्न बाटो छेउमा उभिरहेकी पैदलयात्री हेटौँडा ३ शान्ति चौकी २८ वर्षीया राममाया तामाङलाई नेवारपानी तर्फबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना ६० प २०५ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको हो ।
मोटरसाइकल चालक बारा जिल्ला निजगढ नगरपालिका १३ का वर्ष ३०र३५ को वीरबहादुर प्रजाको अवस्था मध्यम र पैदलयात्री घाइते महिलाको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: