चितवन । चितवनमा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न नसकेको हो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार जिल्लामा रगतको माग दैनिक माग बढ्दो छ । उनका अनुसार जिल्लामा दैनिक एकसय १५० युनिट सम्म रगतको माग हुने गर्दछ ।
यस वर्षको फागुनसम्ममा १६९ स्थानमा भएका रक्तदान कार्यक्रममा ११ हजार ५३२ युनिट र केन्द्रमा आएर दिएको सङ्ख्या तीन हजार १८१ छ । अघिल्लो वर्ष २८७ स्थानमा भएका रक्तदानमा १८ हजार ५७७ युनिट र केन्द्रमा चार हजार ६४० युनिट रगत सङ्कलन भएको थियो । त्यसअघिको वर्षमा २९८ स्थानमा भएको रक्तदान कार्यक्रमबाट १८ हजार ४०९ युनिट र केन्द्रमा छ हजार ९२० युनिट रगत सङ्कलन भएको थियो ।
यसलाई हेर्दा केन्द्रमा आएर रक्तदान गर्नेहरूको सङ्ख्या घट्दो छ । गत वर्ष यहाँ ब्लड डोनर्स सोसाइटीले रक्तदान महोत्सव नै आयोजना गरी एक हजार ७१७ युनिट रगत सङ्कलन भएको थियो । प्रमुख पौडेलले देशैभरबाट बिरामी यहाँ आउने भएकाले रगतको माग बर्सेनि बढेको बताए ।
रक्तदान गर्ने युवा जनशक्ति विदेश गएको, उमेर बढ्दै गएपछि उच्च रक्तचाप, मधुमेहजस्ता रोगका कारण रक्तदान गर्न नमिल्ने भएका कारण दाता घटेको उनको भनाइ छ । उनले भने, ुदाता घट्ने र माग बढ्ने हुँदा सन्तुलन मिलाउन कठिन हुने गरेको छ ।ु यहाँ माग उच्च हुँदा छिमेकी जिल्लाहरूबाट समेत रगत ल्याउने गरिन्छ ।
केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेल छिमेकी १४ भन्दा बढी जिल्लाबाट सङ्कलन गरेर रगत ल्याउँदासमेत पुर्याउन नसकिएको बताउँछन् । यहाँ रहेका क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, सरकार भरतपुर अस्पताल र निजी अस्पतालमा आउने घाइते र बिरामीहरूका लागि रगतको माग बढ्दा सन्तुलन मिलाउन नसकिएको उनले बताए । राजधानी काठमाडौंपछि धेरै रगत चितवनमा चाहिने भन्दै उनले सबैको साथ र सहयोगबाट मात्रै रगतको पूर्ति गर्न सकिने बताए ।
देशभर रक्तदानमा उत्प्रेरणा गर्दै आएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी रेडक्रस सोसाइटीले सञ्चालन गरेका केन्द्रहरूले व्यवस्थापकीय रुपमा सुधार गर्नसकेमा रक्त सङ्कलन बढ्ने बताउँछन् । केन्द्रले आम रक्तदाता र सङ्घ संस्थाहरूसँग समन्वयकारी भूमिका निर्वाह गरेर काम गर्नुपर्ने उनको सुझाव छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशैभरिबाट बिरामी आउने गर्दछन् । सबैभन्दा बढी रगत क्यान्सर उपचारमा खपत हुने गर्दछ । यस्तै चितवन मेडिकल कलेजले क्यान्सर इन्स्टिच्युट सञ्चालन गरेको छ । जहाँ रगतको माग उच्च हुने गर्दछ ।
भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाताहरूलाई उत्प्रेरित गर्नुपर्ने बताउँछन् । विद्यालय र क्याम्पसका पाठ्यक्रमहरूमा रक्तदानको महत्त्वको बारेमा जानकारी गराउनुपर्ने भन्दै उनले रक्तदान गर्नेहरूलाई राज्यका तर्फबाट केही सहुलियत हुनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३१ गते, २०८३ - ०८:३५
जुम्लाको सिंजा गाउँपालिका–१ मा पर्ने जाँच गाउँ प्राकृतिक सौन्दर्य र मौलिक जीवनशैलीले भरिएको आकर्षक बस्ती हो । यो गाउँ पहिले साबिक धापा गाविसअन्तर्गत प...
जेष्ठ ३१ गते, २०८३ - ०८:३२
काठमाडौं । लागुऔषध दुव्र्यसन नेपालका लागि केवल कानुनी चुनौती मात्र होइन, गहिरिँदो सामाजिक संकटका रूपमा देखा पर्न थालेको छ। विद्यालय र कलेज पढ्ने उमेरक...
जेष्ठ ३१ गते, २०८३ - ०८:२३
धरान । सामुदायिक विकास र सामाजिक सेवामा सक्रिय प्रसाद राई पछिल्ला वर्षहरूमा श्रमदान अभियानका एक परिचित अनुहारका रूपमा स्थापित भएका छन्। विशेषगरी धरान ...
जेष्ठ ३१ गते, २०८३ - ०८:१२
काठमाडौं । चाडपर्व वा अन्य अवसरमा धेरै मात्रामा मासु पकाएर फ्रिजमा राख्ने र पटक–पटक तताएर खाने चलन धेरैको घरमा सामान्यजस्तै छ। तर स्वास्थ्य विज्ञहरूका...
जेष्ठ ३१ गते, २०८३ - ०८:०६
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपै...
जेष्ठ ३१ गते, २०८३ - ०८:०५
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा चिनियाँ विदेश...
जेष्ठ ३१ गते, २०८३ - ०८:०१
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त...
जेष्ठ ३१ गते, २०८३ - ०७:५७
कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी धनादेवी धामीले आफ्नो परिवारको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो डिभिजन वन कार्यालय धनगढीले भीरबाट...
जेष्ठ ३१ गते, २०८३ - ०७:४९
इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्य...
जेष्ठ ३१ गते, २०८३ - ०७:४७
कञ्चनपुर । रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण देखिएपछि शुक्लाफाँटा नगरपालिकाका किसान चिन्तित बनेका छन् । रोगका कारण बेर्न...



प्रतिकृया लेख्नुहोस्: